default_image

3 years ago

April 18, 2021

रड्स र हानामी कालिका गोल्डकपको अन्तिम ८ मा

चितवन (हाम्रो खेलकुद) – रड्स क्लब रामपुर र हानामी एभरेष्ट क्लब भरतपुर प्रथम कालिका गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छन् । आइतबार पहिलो खेलमा अभिषेक चर्च रहजर निर्धारित उपस्थित नभएपछि वाकओभर पाउँदै रड्स रामपुर अन्तिम ८ मापुगेको हो । शनिबार खराब मौसमका झन्डै १८ मिनेटपछि स्थगित भएको रड्स रामपुर र अभिषेक चर्चबीचको खेल आइतबार […]

44 views

0 Bookmark


चितवन (हाम्रो खेलकुद) – रड्स क्लब रामपुर र हानामी एभरेष्ट क्लब भरतपुर प्रथम कालिका गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छन् ।

आइतबार पहिलो खेलमा अभिषेक चर्च रहजर निर्धारित उपस्थित नभएपछि वाकओभर पाउँदै रड्स रामपुर अन्तिम ८ मापुगेको हो । शनिबार खराब मौसमका झन्डै १८ मिनेटपछि स्थगित भएको रड्स रामपुर र अभिषेक चर्चबीचको खेल आइतबार दिउँसो १ बजे सुरु हुने भनिएको थियो ।
तर अभिषेक चर्च ३ बजेपछि मात्र उपस्थित भएकोले रामपुरलाई विजयी घोषणा गरिएको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी कालिका नगर कमिटी अध्यक्ष पूर्ण चौधरी (निशान) ले जानकारी दिए । रामपुरले अब सेमिफाइनल प्रवेशका लागि युवा जागृती क्लब लोथरको सामना गर्नेछ । आइतबार खेलमा हानामी एभरेष्टले आरआरएफसी हेटौंडालाई टाइब्रेकरमा ४–३ ले हराउँदै अघि बढेको छ । निर्धारित समय खेल १–१ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

खेलमा अग्रता भने आरआरएफसी हेटौंडाले लिएको थियो । ११ औं मिनेटमा एलिश लामाको गोलमा हेटौंडाले अग्रता लिएको थियो । १९ औं मिनेटमा गोल गर्दै हार्दिक भण्डारीले गोल गर्दै एभरेष्टलाई खेलमा फर्काए । एभरेष्टका सुधिरकुमार श्रेष्ठ खेलको म्यान अफ दि म्याच घोषित भए । सेमिफाइनल प्रवेशका लागि एभरेष्टले एपिएफ भण्डाराको सामना गर्नेछ ।

प्रतियोगितामा सोमबार मदन भण्डारी स्पोर्टस एकेडेमी राप्ती र सेन्ट्रल कलेज भरतपुर फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख ११ हजार १ सय ११ रुपैयाँ र दोस्रो हुने टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.