default_image

3 years ago

April 18, 2021

सडन डेथमा जित हासिल गर्दै पर्सिजा फाइनलमा

एजेन्सी – नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर रोहित चन्द सम्मिलित पर्सिजा जकार्ता इन्डोनेसियामा जारी मेन्पोरा कपको फाइनलमा प्रवेश गरेको छ । सडन डेथमा पीएस माकासरलाई ४-३ ले पराजित गर्दै पर्सिजाले फाइनलमा स्थान बनाएको हो । दुई लेगमा भएको सेमिफाइनलको दुवै खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरमा लिइएको थियो । तर टाइब्रेकरको सुरुवाती ५ प्रहारमा […]

61 views

0 Bookmark

एजेन्सी – नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर रोहित चन्द सम्मिलित पर्सिजा जकार्ता इन्डोनेसियामा जारी मेन्पोरा कपको फाइनलमा प्रवेश गरेको छ । सडन डेथमा पीएस माकासरलाई ४-३ ले पराजित गर्दै पर्सिजाले फाइनलमा स्थान बनाएको हो ।

दुई लेगमा भएको सेमिफाइनलको दुवै खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरमा लिइएको थियो । तर टाइब्रेकरको सुरुवाती ५ प्रहारमा दुवै टोलीले ३-३ गोल मात्र गर्न सके । पर्सिजाका लागि क्रोएसियाली फरवार्ड मार्को सिमिचले पहिलो प्रहार चुकाएपनि रोहित चन्दले दोस्रो प्रहारमा गोल गरेका थिए । पर्सिजाको चौथो प्रहार सफल नहुँदा मकासरको तेस्रो प्रहार गोल हुन सकेन ।

टाइब्रेकरको अन्तिम प्रहारमा माकासरका याकुब सायरीले खेल जिताउने अवसर पाएका थिए । तर उनको प्रहार आकासिएपछि खेल सडन डेथमा लम्बिएको थियो । त्यसपछि सडन डेथमा पनि टोलीले लगातार ४ पेनाल्टी गोल हुन नसक्दा खेल आठौं प्रहारसम्म पुगेको थियो । आठौं प्रहारमा पर्सिजाका टोनी सुचिप्तोले गोल गर्दा माकासरका स्युकुर जुल्किफ्लीले गोल गर्न सकेनन् ।

रोहितले यस प्रतियोगिता अन्तर्गत समूह चरणका खेल गुमाएका थिए । नेपालमा सम्पन्न थ्री नेसन्स कपको उपाधि जित्दा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका रोहितले इन्डोनेसिया पुगेर क्वारेन्टिन बसाइ पुरा गरेर प्रशिक्षणमा जोडिएका थिए । उनले क्वाटरफाइनलमा बारितो पुतेराविरुद्ध १-० को जित र पछिल्लो दुवै खेलमा पूरा समय मैदानमा बिताए ।

पर्सिजाले अब फाइनलमा पर्सिब बानडुङ र पीएस स्लेमानबीच सेमिफाइनलको विजेतासँग खेल्नेछ । पहिलो केग्मा घरेलु टोली पर्सिबले २-१ को अग्रता लिएको थियो । फाइनल खेल पनि २ लेगको नै हुनेछ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.