default_image

3 years ago

April 18, 2021

एटलान्टाविरुद्ध हारसँगै युभेन्टस चौथो स्थानमा झर्यो

एजेन्सी – इटालियन सिरी ए को साविक विजेता युभेन्टस एटलान्टासँग पराजित हुँदै अंक तालिकाको चौथो स्थानमा झरेको छ । घरेलु मैदानमा एटलान्टाले १–० को जित हासिल गरेको हो । एटलान्टाको जितमा खेल सकिदा ३ मिनेट बाँकी रहँदा रुस्लान मालिनोभ्स्कीले गरेको गोल निर्णायक बन्यो । उनले जोसिप इलिचिचको पासमा गोल गरेका थिए । सुपरस्टार फरवार्ड क्रिस्टियानो […]

50 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ए को साविक विजेता युभेन्टस एटलान्टासँग पराजित हुँदै अंक तालिकाको चौथो स्थानमा झरेको छ । घरेलु मैदानमा एटलान्टाले १–० को जित हासिल गरेको हो ।

एटलान्टाको जितमा खेल सकिदा ३ मिनेट बाँकी रहँदा रुस्लान मालिनोभ्स्कीले गरेको गोल निर्णायक बन्यो । उनले जोसिप इलिचिचको पासमा गोल गरेका थिए । सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको अनुपस्थितिमा अल्भारो मोराटा र पाउलो डिबालाले युभेन्टसको आक्रमण सम्हालेका थिए ।

निकै प्रतिस्पर्धात्मक खेलमा युभेन्टसको मिडफिल्ड र आक्रमण सोचेजस्तो चल्न सकेन । लगातार खराब नतिजा निकालेको युभेन्टसको अब च्याम्पियन्स लिग स्थान नै कमजोर हुने डर बढेको छ ।

यस जितले एटलान्टा ६४ अंक जोडेर तेस्रो स्थानमा उक्लदा युभेन्टस ६२ अंक जोडेर चौथो स्थानमा झरेको छ । यस हारले युभेन्टसको उपाधि जित्ने सम्भावना भने लगभग समाप्त भएको छ ।

त्यस्तै इटालियन लिगकै अर्को खेलमा आठ गोल हुँदा लाजियोले बेनेभेन्टोमाथि ५–३ जित निकाल्न सफल रहयो । लाजियोको जितमा सिरो इमोविलेले दुई गोल गर्दा एक गोल जोआक्विन कोरेयाले गर्दा दुई गोल उपहार पाएको थियो ।

बेनेभेन्टोका मार्काे साउ, निकोलस भिओला र कामिल जिलिकले गोल गरे । रोमामा आइतबार राति भएको खलेमा घरेलु टोलीले खेलको १०औं मिनेटमा फावियो दिपावलिको आत्मघाती गोलबाट अग्रता लिएको थियो ।

२०औं मिनेटमा सिरो इमोविलेले गोल गर्दै लाजियोको अग्रता दोब्बर पारे । ३६औं मिनेटमा जोआक्विनले पेनाल्टीमार्फत गोल गर्दै लाजियोलाई फराकिलो जिततर्फ अघि बढाए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मार्काे साउले रोबर्टाे इन्सिग्नेको पासमा गोल गर्दै खेललाई ३–१ को अवस्थमा ल्याए ।

४८औं मिनेटमा लोरेन्जो मोन्टिपोले आत्मघाती गोल गरेपछि लाजियो ४–१ ले अघि बढ्यो । ५५औं मिनेटमा सिरो इमोविलेले पेनाल्टी चुकायो । ६२औं मिनेटमा निकोलस भिओलाले पेनाल्टीमा गोल गर्दै खेललाई ४–२ को अवस्थामा ल्याए । ६६औं मिनेटमा जियानलुका लापाउडुलाले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा बेनेभेन्टोले गोल अन्तर कम गर्न सकेनन् ।

८५औं मिनेटमा कामल जिलिकले गोल गर्दै खेललाई ४–३ को स्थितिमा ल्याए । तर, इन्ज्युरी समयको थप गरिएको छैटौ मिनेटमा सिरो इमोविलेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै लाजियोलाई ५–३ को जित दिलाए । जितसँगै लाजियो ३० खेलबाट ५८ अंक जोडेर छैटौ स्थानमा रहँदा पराजित बेनेभेन्टो ३० अंक जोडेर १६औं स्थानमा रहेको छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.