default_image

3 years ago

April 18, 2021

आर्मीलाई स्तब्ध पार्दै एआरए सेमिफाइनलमा

सुनील गाउँले, बारा अफ्रिकन रुट्स एसोसियन (एआरए) विश्वकर्मा ११औं जीतपुरसिमरा गोल्डकपमा सेमिफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा आईतबार साँझ भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ ले स्तब्ध पार्दै पाहुना टोली एआरएले अन्तिम चारको यात्रा तय गरेको हो । एआरएको जितमा नजिमिले दुई गोल गरे । आर्मीका लागि जर्ज प्रिन्स कार्कीले गोल फर्काए । […]

56 views

0 Bookmark

सुनील गाउँले, बारा

अफ्रिकन रुट्स एसोसियन (एआरए) विश्वकर्मा ११औं जीतपुरसिमरा गोल्डकपमा सेमिफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा आईतबार साँझ भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ ले स्तब्ध पार्दै पाहुना टोली एआरएले अन्तिम चारको यात्रा तय गरेको हो ।

एआरएको जितमा नजिमिले दुई गोल गरे । आर्मीका लागि जर्ज प्रिन्स कार्कीले गोल फर्काए । खेलमा आर्मीविरुद्ध लिएको अग्रता जोगाउन नसक्दा एआरएले जितका लागि अतिरिक्त समयसम्म संघर्ष गर्नुप¥यो । पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेले । वीरगन्ज युनाईटेड क्लबलाई ४–१ ले हराउँदै अन्तिम आठमा प्रवेश गरेको आर्मीले एआरएविरुद्ध आकर्षक खेल प्रदर्शन गर्न सकेन् । सुरुवातदेखी नै दबाबमा देखिएको आर्मीले गोलको खासै अवसर सिर्जना गर्न सकेन् ।

भर्खरै सम्पन्न आहा रारा गोल्डकपको फाईलनसम्को यात्रा तय गर्दै उपविजेता बनेको एआरएले खेल पहिलो हाफमा थुप्रै अवसर बनाएपनि गोलका लागि भने दोस्रो हाफसम्म प्रतिक्षा गर्नुप¥यो । खेलको ६१औं मिनेटमा नजिमिले पेनाल्टी बक्समा पाएको बललाई जाली चुमाए । आर्मीको रक्षापंक्तीलाई बिट गर्दै नजिमिले गोल गरेपछि आर्मीको समर्थनका लागि रंगशाला पुगेका घरेलु दर्शक निराश बन्न पुगे ।

एआरएको गोलपछि दबाबमा परेको आर्मीले दोस्रो हाफमा केही अवसर बनाएपनि सदुपयोग गर्न सकेन । आर्मीको फिनिसिङ पक्ष कमजोर बन्दा एआरए खेलमा बलियो देखियो । हार नजिक पुगेको आर्मीले खेलको ८९औं मिनेटमा पेनाल्टी प्राप्त ग¥यो । एआरएका ए फेब्रिकले पेनाल्टी बक्समा बल ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा आर्मीका लागि जर्ज प्रिन्सले गोल गरे । उनले सहजै पेनाल्टीमार्फत गोल गर्दै खेल १–१ को स्थितीमा पु¥याएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

थप ३० मिनेटको समयमा एनआरएलेसुरुवातमै आर्मीविरुद्ध अग्रता लियो । थप समयको पाँचौ मिनेटमा नजिमिले दोस्रो गोल गरे । स्मेलको कर्नर बललाई हेड गर्दै नजिमिले गोल गर्दा आर्मी निराश बन्न पुग्यो । थप समयमा अन्तिम समयमा आक्रामक देखिएपनि गोल फर्काउन नसक्दा साविक उपविजेता आर्मी हार आत्मसाथ गर्दै घर फर्कन बाध्य भयो । म्यान अफ द म्याच घोषित २ गोल गरेका नजिमिले ५ हजार रुपैयाँ हात पारे । प्रतियोगिता अन्तर्गत सोमबार विराट गोल्डकपको विजेता नेपाल एपिएफ क्लब र बाग्मती ११ सर्लाहीबीच प्रतिस्पर्धा हुनेछ ।

April 16, 2024

आरसी ३२ को तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– आरसी–३२ ले सहिद स्मारक लिग ‘सी’ डिभिजनमा लगातार तेस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आरसीले महावीरलाई १–० ले हरायो । अर्को खेलमा बागमती युवा क्लबले सामाजिक युवा क्लबलाई २–० ले पराजित गरेको छ । विवेक राईले २८ औं मिनेटमा गरेको गोल आरसी ३२ का […]

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

Success

Thank you for your time.