default_image

3 years ago

April 19, 2021

हालान्ड चम्कदा डर्टमुन्डको सानदार जित

एजेन्सी – नर्वेजियन युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डको दुई गोलमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा वेर्डर ब्रेमेनमाथि ४–१ को पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा डर्टमुन्डको जितमा हालान्डले दुई गोल गर्दा जियोभानी रेना र म्याट हमेल्सले समान एक गोल गरे । वेर्डर ब्रेमेनका मिलोट रासिकाको गोल सान्त्वना बन्यो । सिग्नल इडुना पार्कमा आइतबार राति भएको […]

49 views

0 Bookmark

एजेन्सी – नर्वेजियन युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डको दुई गोलमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा वेर्डर ब्रेमेनमाथि ४–१ को पूनरागमन जित निकालेको छ ।

घरेलु मैदानमा डर्टमुन्डको जितमा हालान्डले दुई गोल गर्दा जियोभानी रेना र म्याट हमेल्सले समान एक गोल गरे । वेर्डर ब्रेमेनका मिलोट रासिकाको गोल सान्त्वना बन्यो । सिग्नल इडुना पार्कमा आइतबार राति भएको खेलको १४औं मिनेटमा मिलोट रासिकाको गोलमा डर्टमुन्ड पछि परेको थियो । त्यसपछि १० मिनेटको अन्तरमा डर्टमुन्डले ३ गोल गरेपछि पहिलो हाफमा ३–१ को अग्रता लिन सफल भएको थियो ।

२९औं मिनेटमा जियोभानी रेनाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ३४औं मिनेटमा आलान्डले गोल गर्दै डर्टमुन्डलाई २–१ ले अघि बढाए । ३८औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै डर्टमुन्डलाई ३–१ को अग्रता दिलाए । खेल सकिन ३ मिनेट बाँकी रहँदा म्याट हमेल्सले थोर्गन हाजार्डको पासमा गोल गर्दै डर्टमुन्डलाई ४–१ को फराकिलो जित दिलाए ।

जितसँगै पाँचौ स्थानमा रहेको डर्टमुन्डले शीर्ष चारमा पर्ने सम्भावना जीवित राखेको छ । डर्टमुन्ड चौथो स्थानको फ्रान्कफुर्टभन्दा ४ अंकले पछि छ । फ्रान्कफुर्टको ५३ तथा डर्टमुन्डको ४९ अंक छ । पराजित वेर्डर ब्रेमेन ३० अंक जोडेर १३औं स्थानमा रहेको छ ।

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

Success

Thank you for your time.