default_image

3 years ago

April 19, 2021

गेटाफेसँगको बराबरीले रियलको उपाधि होडमा धक्का

एजेन्सी – उपाधि होडमा रहेको रियल म्याड्रिड स्पेनिस ला लिगामा घरेलु टोली गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको छ । गेटाफेसँगको गोलरहित बराबरीको नतिजासँगै रियलको उपाधि यात्रामा धक्का लागेको छ । रियल शीर्षस्थानको शहरी प्रतिद्धन्द्धी एट्लेटिको म्याड्रिडसँग ३ अंकले पछि परेको छ । रियलको ३१ खेलबाट ६७ अंक तथा एट्लेटिकोको समान खेलबाट ७० अंक पुगेको छ । […]

52 views

0 Bookmark

एजेन्सी – उपाधि होडमा रहेको रियल म्याड्रिड स्पेनिस ला लिगामा घरेलु टोली गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको छ । गेटाफेसँगको गोलरहित बराबरीको नतिजासँगै रियलको उपाधि यात्रामा धक्का लागेको छ ।

रियल शीर्षस्थानको शहरी प्रतिद्धन्द्धी एट्लेटिको म्याड्रिडसँग ३ अंकले पछि परेको छ । रियलको ३१ खेलबाट ६७ अंक तथा एट्लेटिकोको समान खेलबाट ७० अंक पुगेको छ । तेस्रो स्थानमा रहेको एक खेल कम खेलेको बार्सिलोनाको ६५ अंक छ । गेटाफे ३१ अंक जोडेर १५औं स्थानमा रहेको छ ।

शीर्षस्थानको एट्लेटिकोले आइतबार राति रेलिगेसन जोनको एइवरमाथि ५–० को जित निकाल्दै उपाधि यात्रालाई थप मजुवत बनाएको थियो । गेटाफेविरुद्ध रियलले दोस्रो रोजाईका खेलाडीलाई मैदानमा उतारेको थियो । चोटका कारण राफयल भरान, लुकास भास्क्वेज र ड्यानी कार्भाहल टोलीमा नरहँदा कोरोना संक्रमणका कारण कप्तान सर्जियो रामोस र मिडफिल्डर फेडे भाल्भेर्डे टोलीमा छैनन् ।

प्रशिक्षक जिदानले मिडफिल्डर क्यासमिरो, नाचो फर्नान्डेज र फर्लान्ड मेन्डीलाई टोलीमा नसमेट्दा फरवार्ड करिम बेन्जेमालाई दोस्रो हाफमा मैदान पठाउदा टोनी क्रुस बेन्चमा सीमित बनेका थिए । रियलले गेटाफेविरुद्ध मारियानो डियाजलाई आक्रमणको जिम्मेवारी प्रदान गर्दा उनलाई भिनि जुनियर, मार्काे एसेन्सियो र रोड्रिगो गोएसले साथ दिएका थिए ।

मिडफिल्डमा इस्को र लुका मोड्रिच रहँदा रक्षापङ्तिमा कप्तान मार्सेलोसँगै इडर मिलिसाओ र अल्भारो ओर्डिजोलालाई भिक्टर चुस्टले साथ दिएका थिए । दोस्रो हाफमा एन्टानियो ब्लान्को र सर्जियो एरिवासले अवसर पाएका थिए । गेटाफेविरुछ बल पोसेसनमा पकड बनाएपनि रियलले फिनिसिङ गर्न नसक्दा अंक बाड्न बाध्य बन्यो । गेटाफेको केही आक्रमणमा गोलरक्षक थिवाउट कोर्टुवा बाधक बने ।

ला लिगाकै अर्काे खेलमा भिल्लारियलले लेभान्टेमाथि ५–१ को फराकिलो जित निकालेको छ । भिल्लारियलको जितमा स्यामुइल चुकविजीले दुई तथा जेरार्ड मोरेनोले गोल गर्दा दुई गोल उपहार पाएको थियो । घरेलु टोलीका मिकेल माल्साले एक गोल फर्काए ।

यस नजितापछि भिल्लारियल ४९ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । लेभान्टे ३८ अंकसहित नवौं स्थानमा रहेको छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.