default_image

3 years ago

April 19, 2021

म्यानचेस्टरको जितमा ग्रीनवुडको दुई गोल

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले बर्नलेमाथि ३–१ को सहज जित निकालेको छ । घरेलु मैदानमा युनाइटेडको जितमा मासन ग्रीनवुडले दुई तथा इडिन्सन काभानीले एक गोल गरे । जेम्स तार्काेवस्कीले एक गोल फर्काए । ओल्डट्राफोर्डमा आइतबार राति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा सबै चार गोल दोस्रो हाफमा सम्भव भएको थियो । ४८औं […]

38 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले बर्नलेमाथि ३–१ को सहज जित निकालेको छ । घरेलु मैदानमा युनाइटेडको जितमा मासन ग्रीनवुडले दुई तथा इडिन्सन काभानीले एक गोल गरे ।

जेम्स तार्काेवस्कीले एक गोल फर्काए । ओल्डट्राफोर्डमा आइतबार राति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा सबै चार गोल दोस्रो हाफमा सम्भव भएको थियो । ४८औं मिनेटमा मासन ग्रीनवुडले मार्कुस रासफोर्डको पासमा गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए । ५०औं मिनेटमा जेम्सले एस्ले वेस्टवुडको पासमा बराबरी गोल फर्काए ।

८४औं मिनेटमा मासन ग्रीनवुडले पल पोग्वाको पासमा गोल गर्दै युनाइटेडलाई २–१ ले अघि बढाए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा इडिन्सन काभनीले डोनी भान डि विकको पासमा गोल गर्दै युनाइटेडलाई ३–१ को सहज जित दिलाए ।

जितसँगै दोस्रो स्थानमा रहेको युनाइटेडको ३२ खेलबाट ६६ अंक पुगेको छ । युनाइटेड शीर्षस्थानको म्यानचेस्टर सिटीसँग ८ अंकले पछि छ । सिटीको ७४ अंक छ । पराजित बर्नले ३३ अंक जोडेर १७औं स्थानमा रहेको छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.