default_image

3 years ago

April 19, 2021

लेस्टर एफए कपको फाइनलमा

एजेन्सी – प्रिमियर लिग क्लब लेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको सेमिफाइनलमा लेस्टरले प्रिमियर लिग क्लब साउथह्याम्टनमाथि १–० को जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो । वेम्वली स्टेडियममा आइतबार राति भएको खेलमा लेस्टरको फाइनल यात्रामा केलिची इहेनाचोले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ५५औं मिनेटमा […]

57 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिग क्लब लेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको सेमिफाइनलमा लेस्टरले प्रिमियर लिग क्लब साउथह्याम्टनमाथि १–० को जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो ।

वेम्वली स्टेडियममा आइतबार राति भएको खेलमा लेस्टरको फाइनल यात्रामा केलिची इहेनाचोले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ५५औं मिनेटमा गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलको चौथो मिनेटमा नै लेस्टरका युरी टिलेमान्सले गोलको अवसर चुकाएका थिए ।

२४औं मिनेटमा जेमी भार्डीले अवसर चुकाए । ५५औं मिनेटमा केलिचीले गोल गर्दै लेस्टरलाई १–० ले अघि बढाए । ७७औं मिनेटमा केलिचीले अवसर चुकाउदो लेस्टर अग्रता दोब्बर पार्नबाट चुक्यो । ७९औं मिनेटमा जेम्स म्याडिसनको प्रहारले पनि पोस्टको दिशा लिन सकेन । अब लेस्टरले उपाधिका लागि लन्डन क्लब चेल्सीको सामना गर्नेछ ।

चेल्सीले शनिबार राति प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीलाई १–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो । फाइनल १५ मेमा हुनेछ ।

८ पटकको च्याम्पियन चेल्सी लगातार दोस्रो सिजन फाइनलमा पुगेको हो । गत सिजन चेल्सी फाइनलमा आर्सनलसँग पराजित भएको थियो । चेल्सी पछिल्लोपटक २०१८ मा च्याम्पियन बनेको थियो । लेस्टर सिटी चारपटक फाइनलमा पुगेपनि हालसम्म एफए कपको उपाधि जित्न सकेको छैन ।

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

Success

Thank you for your time.