default_image

3 years ago

April 19, 2021

आयोजक भोजपुर गोल्डकपको सेमिफाइनलमा

भोजपुर (हाम्रो खेलकुद)– आयोजक टोली अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । निशान लिम्बुको २ गोलसहित ५–२ ले मोरङको सगरमाथा युथ क्लबलाई हराउँदै भोजपुर अन्तिम चारमा पुगेको हो । निशानले २ गोल गरेको खेलमा विजय भुजेल, सुवास तामाङ र सुशन तामाङले समान १ गोल गरे । इन्जुरी समयमा सगरमाथाका लागि […]

39 views

0 Bookmark

भोजपुर (हाम्रो खेलकुद)– आयोजक टोली अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । निशान लिम्बुको २ गोलसहित ५–२ ले मोरङको सगरमाथा युथ क्लबलाई हराउँदै भोजपुर अन्तिम चारमा पुगेको हो ।

निशानले २ गोल गरेको खेलमा विजय भुजेल, सुवास तामाङ र सुशन तामाङले समान १ गोल गरे । इन्जुरी समयमा सगरमाथाका लागि दोर्जे तामाङ र वीरेन्द्र लिम्बुले गोल गरेपछि टोलीको हार टरेन । भोजपुरका निशानले १७ औं मिनेटमा पहिलो गोल गरे भने विजयले १८ औं, सुवासले २० औं मिनेटमा गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाएका थिए ।

निशाले ५६ औं र सुशनले इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दा भोजपुरले फराकिलो अग्रता बनाएको थियो । निर्धारित ८० मिनेट खेलपछिको इन्जुरी समयको पहिलो मिनेटमा सगरमाथाका लागि दोर्जेले पेनाल्टीमा र वीरेन्द्रले ८३ औं मिनेटमा गोल गरेका थिए ।

विजेता टोलीका निशान म्यान अफ दी म्याच घोषित भए र उनले ३ हजार ५ सय रुपैयाँ प्राप्त गरे । उनलाई भोजपुर नगरपालिकाका अध्यक्ष कैशालकुमार आलेले पुरस्कृत गरे । झन्डै ३५ लाख रुपैयाँ खर्च हुने प्रतियोगिताको विजेता टोलीले उपाधिसहित ५ लाख, दोस्रो टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । भोजपुर नगरपालिकाको मुख्य प्रायोजना गरेको प्रतियोगिता वैशाख ११ गते सम्म चल्ने छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.