default_image

3 years ago

April 19, 2021

बिएफसी कालिका गोल्डकपको सेमिफाइनलमा

चितवन (हाम्रो खेलकुद) – सेन्ट्रल कलेज भरतपुर फुटबल क्लब (बिएफसी) प्रथम कालिका गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी राप्तीलाई सोमबार टाइब्रेकरमा ४–१ ले पराजित गर्दै बिएफसी अन्तिम चारमा पुगेको हो । त्यसअघि निर्धारित समयमा खेल २–२ को बराबरीमा टुंगिएको थियो । राप्तीले २–० को अग्रता जोगाउन सकेन । खेलको नवौं […]

21 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद) – सेन्ट्रल कलेज भरतपुर फुटबल क्लब (बिएफसी) प्रथम कालिका गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी राप्तीलाई सोमबार टाइब्रेकरमा ४–१ ले पराजित गर्दै बिएफसी अन्तिम चारमा पुगेको हो ।


त्यसअघि निर्धारित समयमा खेल २–२ को बराबरीमा टुंगिएको थियो । राप्तीले २–० को अग्रता जोगाउन सकेन । खेलको नवौं र १३ औं मिनेटमा कप्तान साहिल थापाले गोल गर्दै मदन भण्डारी स्पोर्टस एकेडेमी राप्तीलाई २–० अग्रता दिलाएका थिए ।

१५ औं मिनेटमा बिएफसीका प्रयास लामाले गोल गर्दै राप्तीको अग्रता छोट्याए । खेल सकिन २ मिनेट बाँकी रहदा नवराज गुरुङले गोल गर्दै बिएफसीलाई खेलमा फर्काए । नवराजनै खेलको म्यान अफ दि म्याच घोषित भए । प्रतियोगितामा मंगलबार हानामी एभरेष्ट क्लब भरतपुर र एपीएफ भण्डाराबीच प्रतिस्पर्धा हुनेछ ।

मदन भण्डारी स्पोर्टस एकेडेमी कालिका नगर कमिटीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा दोस्रो टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.