default_image

3 years ago

April 20, 2021

लिभरपुल बराबरीमा रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा सुरुवाती अग्रता जोगाउन नसक्दा लिभरपुल लिड्स युनाइटेडसँग बराबरीमा रोकिएको छ । लिभरपुलले लिड्ससँग १–१ गोलको बराबरी खेल्दै अंंक बाड्न बाध्य बनेको हो । इलान्ड रोडमा सोमबार राति भएको खेलमा लिभरपुलका लागि साडियो मानेले गोल गर्दा घरेलु टोलीका डिएगो लोरेन्टेले बराबरी गोल फर्काएका थिए । मानेले पहिलो हाफमा गोल गर्दा लोरेन्टेले […]

50 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा सुरुवाती अग्रता जोगाउन नसक्दा लिभरपुल लिड्स युनाइटेडसँग बराबरीमा रोकिएको छ । लिभरपुलले लिड्ससँग १–१ गोलको बराबरी खेल्दै अंंक बाड्न बाध्य बनेको हो ।

इलान्ड रोडमा सोमबार राति भएको खेलमा लिभरपुलका लागि साडियो मानेले गोल गर्दा घरेलु टोलीका डिएगो लोरेन्टेले बराबरी गोल फर्काएका थिए । मानेले पहिलो हाफमा गोल गर्दा लोरेन्टेले दोस्रो हाफमा बराबरी गोल फर्काएका थिए ।

खेलको १८औं मिनेटमा डिएगो जोटाको प्रहारलाई डिएगो लोरेन्टेले ब्लक गर्दै संकट टारे । २३औं मिनेटमा प्याट्रिक बामफोर्डको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा लिड्स अग्रता लिनबाट चुक्यो । ३१औं मिनेटमा साडियो मानले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । उनले ट्रेन्ट एलेक्सान्डर अर्नाेल्डको पासलाई सदुपयोग गरेका थिए ।

४७औं मिनेटमा रोबर्टाे फिर्मिनोको शक्तिशाली प्रहारलाई लिड्सका गोलरक्षक इलान मेस्लिएरले मुस्किलले बचाउदा लिभरपुल अग्रता दोब्बर पार्नबाट चुक्यो । ७४औं मिनेटमा बामफोर्डको प्रहार क्रसबारमा लागेर बाहिरिदा लिड्स बराबरीबाट चुक्यो ।

८७औं मिनेटमा डिएगो लोरेन्टेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले ज्याक ह्यारीसनको पासमा गोल गरेका थिए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रोबर्टाे फिर्मिनोले अवसर पाएपनि सदुपयोग गर्न नसक्दा लिभरपुल जितबाट बञ्चित बन्यो ।

यो बराबरीसँगै लिभरपुलले शीर्षचारमा उक्लने मौका गुमाउँदा छैटौ स्थानमा यथावत रहेको छ । लिड्समाथि जित निकाल्न सकेको अवस्थामा लिभरपुलले वेस्ट ह्याम युनाइटेड र चेल्सीलाई पछि पार्ने थियो । छैटौ स्थानमा रहेको लिभरपुलको ३२ खेलबाट ५३ अंक रहेको छ ।

चौथो स्थानको वेस्टह्यामको ३२ खेलबाटै ५५ अंक रहेको छ । एक खेल कम खेलेको चेल्सीको ५३ अंक छ । लिड्स ३२ खेलबाट ४६ अंक जोडेर १०औं स्थानमा रहेको छ ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.