default_image

3 years ago

April 20, 2021

‘युभेन्ट्सका अध्यक्षले धोका दिए’ – यूईएफए

एजेन्सी – युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएका अध्यक्ष एलेक्जेन्डर सेफेरिनले युरोपका १२ क्लबहरु मिलेर स्थापना गरेको युरोपेली सुपर लिग स्वार्थप्रेरित र अपमानजनक रहेको अभिव्यक्ति दिएका छन् । उनले यी क्लबले फुटबल समर्थकको मुखमा थुकेको आरोप लगाएका छन् । आइतबार राती युरोपका शीर्ष १२ क्लबहरुले आफैं युरोपेली सुपर लिगको स्थापना गर्ने निर्णय लिएपछि फुटबलका निकायहरुले यस […]

49 views

0 Bookmark

एजेन्सी – युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएका अध्यक्ष एलेक्जेन्डर सेफेरिनले युरोपका १२ क्लबहरु मिलेर स्थापना गरेको युरोपेली सुपर लिग स्वार्थप्रेरित र अपमानजनक रहेको अभिव्यक्ति दिएका छन् । उनले यी क्लबले फुटबल समर्थकको मुखमा थुकेको आरोप लगाएका छन् ।

आइतबार राती युरोपका शीर्ष १२ क्लबहरुले आफैं युरोपेली सुपर लिगको स्थापना गर्ने निर्णय लिएपछि फुटबलका निकायहरुले यस कदमको विरोध गरेका छन् । विश्व फुटबलकै सर्वोच्च संस्था फिफाले पटक पटक यस्तो कदम चालेमा कारवाही हुने बताइरहँदा क्लबहरुले आफ्नो शक्तिको आडमा आफैं आयोजना गर्ने हिसाबले लिग स्थापना गरेपछि यूईएफएले पनि यसविरुद्ध कडा प्रस्तुति देखाएको हो ।

अध्यक्ष सेफेरिनले च्याम्पियन्स लिगको नयाँ फर्म्याटका लागि सबै क्लब राजी भइसकेको अवस्थामा क्लबहरुले झुटो बोल्दै नयाँ प्रतियोगिता स्थापना गरेकोमा आश्चर्य व्यक्त गरे । उनले क्लब प्रतिनिधिहरुले यूईएफएलाई धोका दिएको पनि प्रष्ट पारे । विशेषगरी उनले युभेन्टसका अध्यक्ष आन्द्रे आग्नेली र म्यानचेस्टर युनाइटेडका कार्यकारी उपाध्यक्ष एड वुडवार्डको खुलेर आलोचना गरे ।

युरोपेली क्लब संघमा लामो समयदेखि अध्यक्ष रहेका आग्नेलीले यूईएफएसँग निरन्तर सम्पर्क हुँदा पनि झुटो बोलेको सेफेरिनकोभनाइ थियो । ‘म व्यक्तिगत रुपमा आरोप लाउन चाहने मान्छे होइन । तर कोहि मान्छेले यति धेरै झुट बोल्छ मैले सोचेको थिइन । मैले उनीसँग शनिबार विहान कुरा गरेको थिएँ, उनले यो सब हल्ला हुन् भनेर मलाई भने । त्यसपछि फेरी एक घण्टापछि फोन गर्छु भनेका उनले आफ्नो फोन स्विच अफ गरेर बसे ।’

युनाइटेडका वुडवार्डले पनि च्याम्पियन्स लिगको नयाँ फर्म्याटबारे सहमति जनाएको सेफेरिनले बताए । ‘मेरो उनीसँग त्यति धेरै सम्पर्क छैन । तर उनी आफैंले बिहीबार सम्पर्क गरेर च्याम्पियन्स लिगको नयाँ फर्म्याट राम्रो रहेको बताएका थिए । उनले आफैं यसको समर्थनमा आफू रहेको बताए । तर उनले त्यसअघि नै सुपर लिगका लागि हस्ताक्षर गरेका रहेछन् ।’

सेफेरिनले सुपर लिगमा सहभागी हुने खेलाडीलाई यूईएफएले आयोजना गर्ने कुनैपनि प्रतियोगिता खेल्न नदिने बताएका छन् । ‘हामी अहिले कानुनी टोलीसँग छलफलमा छौं । हामी सकेसम्म कडा रुपमा प्रस्तुत हुन्छौ र यसबारे जानकारी दिनेछौं । मेरो धारणा सुपर लिगमा खेल्ने कसैले पनि यूईएफएको प्रतियोगिता खेल्न पाउने छैन, चाहे त्यो राष्ट्रिय टोलीको प्रतियोगिता नै किन नहोस् ।’

के हो युरोपेली सुपर लिग ?

युरोपका शीर्ष १२ क्लबले आफ्नै नेतृत्वमा युरोपेली सुपर लिग (इएसएल) नामक नयाँ प्रतियोगिताको घोषणा गरेका छन् । लामो समयदेखि चर्चामा रहेको उक्त प्रतियोगिताको आइतबार संस्थापक १२ क्लबले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घोषणा गरेका हुन् ।

संस्थापक १२ क्लबमा प्रिमियर लिगका ६, इटालियन लिगको ३ र स्पेनिस लिगको ३ क्लब रहेका छन् । प्रिमियर लिगबाट आर्सनल, चेल्सी, लिभरपुल, म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी र टोटेनहम हट्सपर रहेका छन् । इटालीको एसी मिलान, इन्टर मिलान र युभेन्टस तथा स्पेनको बार्सिलोना, एटलेटिको म्याड्रिड र रियल म्याड्रिड रहेका छन् ।

इएसएलको विज्ञप्तिमा प्रतियोगिताका खेलहरु मध्यसातामा हुने र सबै सहभागी टोलीले आफ्नो राष्ट्रिय लिगमा भने निरन्तर सहभागिता जनाउने उल्लेख गरिएको छ । त्यस्तै प्रतियोगिताको पहिलो सिजन सम्भव भएसम्म चाडो सुरु गरिने र थप तीन क्लबले पनि संस्थापनमा जोडिने विज्ञप्तिमा लेखिएको छ । फ्रान्स र जर्मनीका कुनै क्लब हालसम्म यसमा जोडिएका छैनन् । जर्मनीमा हरेक क्लबमा समर्थकहरुको कम्तिमा ५१ प्रतिशत शेयर रहने हुँदा पनि यो निर्णयको विपक्षमा क्लब रहेको बुझिएको छ ।

इएसएलको यस विज्ञप्ति सार्वजनिक हुनु अघि नै यूईएफएले क्लबहरुलाई कुनै किसिमको समानान्तर प्रतियोगितामा सहभागी भए खेलाडीहरुले अन्य घरेलु, युरोपेली र विश्व स्तरका खेलहरु खेल्न नपाउने बताएको थियो । यूईएफएले ती खेलाडीले राष्ट्रिय टोलीबाट पनि खेल्न नपाउने सम्भावना रहने प्रष्ट पारेको थियो ।

फिफाले केहि साता अघि नै यस्ता प्रस्तावित प्रतियोगितालाई मान्यता नदिइने र यस्ता प्रतियोगितामा सहभागी खेलाडीहरुलाई राष्ट्रिय टोलीबाट खेल्न नदिने जानकारी दिएको थियो । तर इएसएलले भने आफ्नो विज्ञप्तिमा संस्थापक क्लबहरुले फिफा र यूईएफएसँग आवश्यक समन्वय गर्ने र फुटबलकै राम्रोका लागि यो लिग गठन गरिएको जनाएको छ ।

इएसएलका अनुसार हरेक सिजनको प्रतियोगितामा २० टोली सहभागी हुनेछन् । हालका १२ संस्थापक टोली र बाँकी ३ टोली गरेर १५ टोलीले हरेक सिजन खेल्नेछन् । त्यस्तै बाँकी ५ टोली भने लिगको प्रदर्शनका आधारमा छनोट हुनेछन् । सहभागी टोलीलाई १०-१० टोलीको दुई समूहमा विभाजन गरिनेछ ।

लिग चरणको समापनपछि शीर्ष ३ टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछन् । यस्तै चौथो र पाँचौ टोलीले भने प्लेअफ खेल्दै अन्तिम ८ मा स्थान पक्का गर्ने प्रयास गर्नेछन् । त्यसपछि भने दुई लेगको क्वाटरफाइनल र सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ । फाइनल मे महिनामा कुनै एक न्युट्रल मैदानमा हुने उल्लेख गरिएको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले यो कदम फुटबलका लागि खराब रहेको र बेलायतको खेलकुद सम्बन्धित निकायले यसमा उचित कदम चाल्ने विश्वास दिलाए । फ्रान्सका प्रधानमन्त्ररी इम्यानुएल् म्याक्रोंले फ्रान्सेली क्लबहरुले लिगमा सहभागिता नजनाउने निर्णयको स्वागत गर्दै यस किसिमको प्रतियोगिताले खेलको मर्म मार्ने प्रतिक्रिया दिए ।

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.