default_image

3 years ago

April 20, 2021

संकटा जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा

सुनील गाउँले,बारा ए डिभिजन टोली संकटा क्लब एघारौं जीतपुरसिमरा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सिमरा रंगशालामा मंंगलबार साँझ हेटौंडाको विजय युथ क्लबलाई २–१ ले हराउँदै संकटा अन्तिम चारमा पुगेको हो । योसँगै विश्वकर्मा सिमेन्ट एघारौं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनल समिकरण पूरा भएको छ । संकटाको जितमा अफ्रिकी स्ट्राइकर ओडे ग्लोरी र गणेश हमालले गोल गरे […]

39 views

0 Bookmark

सुनील गाउँले,बारा

ए डिभिजन टोली संकटा क्लब एघारौं जीतपुरसिमरा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सिमरा रंगशालामा मंंगलबार साँझ हेटौंडाको विजय युथ क्लबलाई २–१ ले हराउँदै संकटा अन्तिम चारमा पुगेको हो ।

योसँगै विश्वकर्मा सिमेन्ट एघारौं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनल समिकरण पूरा भएको छ । संकटाको जितमा अफ्रिकी स्ट्राइकर ओडे ग्लोरी र गणेश हमालले गोल गरे । हेटौंडाका लागि अफ्रिकी स्ट्राइकर फुफुनोले गोल गरेका थिए । खेलको नवौं मिनटमै अग्रता बनाएको ए डिभिजन क्लब संकटाले मोफसलको विजय युथ हेटौंडासंग जितका लागि अन्तिमसम्म संघर्ष गर्नुप¥यो ।

पहिलो हाफको शूरुवातदेखिनै दबाबमा परेको हेटौंडाका लागि अफ्रिकी स्ट्राइकर फुफुनोले खेलको ३९ औं मिनटमा गोल गर्दै पहिलो हाफमा बराबरी गरे । सेन्टरलाइन बाट एकल प्रयासमा बल अघि बढाएका फुफुनोले पेनाल्टी बक्स बाहिरैबाट गोल गरे । गत महिना पोखरामा सम्पन्न आहा रारा गोल्डकपको उपाधि जितेको संकटाविरुद्ध खेलमा थुप्रै आकर्षक अवसर बनाएपनि फिनिसिङमा चुकेको हेटौंडा अन्तिम समयमा २–१ को हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरियो ।

खेलको ८४ औं मिनटमा संकटाका गणेशले निर्णायक गोल गर्दै घरेलु दर्शकको समर्थन पाएको हेटौंडालाई स्तव्ध पारे । प्रकाश बुढाथोकीले पेनाल्टी बक्स भित्र निकालेको क्रस पासलाई गणेशले गोलमा परिणत गर्दै संकटाको जित निश्चित गरे । त्यसअघि खेलको ४२ औँ मिनेटमा हेटौंडाका सन्त बहादुर गुरुङको क्रसमा बिकास लामाले पेनाल्टी बक्स भित्रबाट गरेको प्रहार संकटाका गोलरक्षक राजाबाबु थापाले उत्कृष्ट बचाउ गरे ।

खेलको ६५ औँ मिनेटमा हेटौंडाका राजेन्द्र रावलको क्रसमा नडोङ भुटियाले गोल गर्ने सुनौलो अवसर खेर फाले । गोल लाईन नजिकै पाएको बललाई उनले सम्हाल्न नसक्दा संकटाका रक्षकले क्लिएर गरे । ७० औँ मिनेटमा हेटौँडाले गोलका अर्को उत्कृष्ट अवसर गुमाउन पुग्यो । हेटौँडाका सन्त बहादुर गुरुङले संकाटाको रक्षापंक्तीलाई बिट गर्दै अघि बढाएको बल गोलमा परिणत गर्न सकेनन् । पेनाल्टी बक्स बाट गरेको उनको प्रहार क्रसबार माथिबाट गयो ।

७९ औं मिनेटमा हेटौँडाका नवराज गुरुङले वन भर्सेस वनको स्थितीलाई सदुपयोग गर्न सकेनन् । उनको प्रहार पोष्ट नजिकैबाट बाहिरीयो । ८९ औँ मिनेटमा हेटौंडाका जीवन गुरुङले डि बक्स भित्रबाट प्रहार गरेको बललाई संकटाका गोलरक्षक राजाबाबुले जोगाए । खेलमा संकटाले पनि केहि आकर्षक अवसर गुमाएको थियो ।

२८ औँ मिनेटमा सुभाष गुरुङको प्रहार पोष्ट नजिकबाट बाहिरियो । ६४ औँ मिनेटमा संकटाका फोडे फोफानाले पेनाल्टी बक्स भित्रैबाट गरेको सशक्त प्रहार हेटौँडाका गोल रक्षक अशोक बरालले उत्कृृष्ट बचाउ गरे । ८० औँ मिनेटमा टिकाराज गुरुङको क्रस बल प्रकाशले गोलमा परिणत गर्न सकेनन् । पेनाल्टी भित्रै पाएको सुन्दर अवसरमा प्रकाशको प्रहार फितलो हुँदा हेटौंडाका गोल रक्षक अशोक बरालले सहज बचाए ।


खेलको म्यान अफ दि म्याच घोषित संकटाका गोलकिपर राजाबाबुले ५ हजार रुपैयाँ प्राप्त गरे । उनलाई समाजसेवी पंकज गुप्ता र राजन उप्रेतीले संयूक्त रुपमा पुरस्कार हस्तान्तरण गरे । संकटाले अब फाइनल प्रवेशका लागि नेपाल एपिएफ क्लबको सामना गर्नेछ । प्रतियोगितामा बुधबार पहिलो सेमिफाइनलमा आयोजक नव जनजागृती युवा क्लब सिमरा र अफ्रिकन रुट्स एसोसिएसन (एआरए) बीच प्रतिस्पर्धा हुनेछ ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.