default_image

3 years ago

April 21, 2021

प्रिमियर लिगका क्लबले सुपर लिग नखेल्ने

एजेन्सी – इंग्लिस प्रिमियर लिगका क्लबहरुले प्रस्तावित युरोपेली सुपर लिगबाट आफ्नो नाम फिर्ता लिएका छन् । आइतबार घोषणा भएको लिगमा ६ इंग्लिस क्लब संस्थापक सदस्यका रुपमा रहेका थिए । म्यानचेस्टर सिटीले मंगलबार विज्ञप्ति जारी गर्दै सुपर लिगमा सहभागिता नजनाउने बताएको थियो । त्यसपछि चेल्सीले पनि आवश्यक कागजात तयार पार्ने प्रक्रिया सुरु गरेको थियो । लगत्तै […]

50 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगका क्लबहरुले प्रस्तावित युरोपेली सुपर लिगबाट आफ्नो नाम फिर्ता लिएका छन् । आइतबार घोषणा भएको लिगमा ६ इंग्लिस क्लब संस्थापक सदस्यका रुपमा रहेका थिए ।

म्यानचेस्टर सिटीले मंगलबार विज्ञप्ति जारी गर्दै सुपर लिगमा सहभागिता नजनाउने बताएको थियो । त्यसपछि चेल्सीले पनि आवश्यक कागजात तयार पार्ने प्रक्रिया सुरु गरेको थियो । लगत्तै आर्सनल, लिभरपुल, म्यानचेस्टर युनाइटेड र टोटेनहम हट्स्परले पनि आफ्नो नाम फिर्ता लिएका छन् । आइतबार लिगको घोषणा लगत्तै त्यस विषयलाई लिएर क्लबहरुले चौतर्फी आलोचना खेपेका थिए ।

सिटीले औपचारिक रुपमा नै लिगमा सहभागिता जनाउने सम्पूर्ण प्रक्रिया फिर्ता लिएको पक्का गरेको छ । लिभरपुलले भने सुपर लिगमा आफ्नो सहभागितामा पूर्णविराम लगाएको जनायो । म्यानचेस्टर युनाइटेडले समर्थक, बेलायत सरकार र अन्य सरोकारवालाहरुको सल्लाहलाई मनन गर्दै सहभागिता नजनाउने निर्णय लिएको अभिव्यक्ति दिएको छ ।

आर्सनलले समर्थकलाई खुला पत्र लेख्दै क्लबले गल्ति गरेको र यस निर्णयसँगै समर्थकको भूमिका महत्त्वपूर्ण हुने विश्वस्त रहेको जनाएको छ । टोटेनहमका अध्यक्ष ड्यानिएल लेभीले क्लबको निर्णयका कारण भोग्नुपरेको सास्तीका लागि माफी मागेका छन् । चेल्सीले पनि नाम फिर्ता लिन प्रक्रिया सुरु गरिसकेको जनाएको छ ।

यूईएफए अध्यक्ष एलेक्जेन्डर सेफेरिनले यस कदमको स्वागत गरेका छन् । ‘ प्रिमियर लिग क्लबहरुलाई पुन: स्वागत छ । यी क्लबहरुले हाम्रो प्रतियोगिता मात्र होइन सम्पूर्ण युरोपेली फुटबललाई नै धेरै योगदान दिन सक्छन् । अबको महत्त्वपूर्ण पक्ष कसरी सबैलाई समेटेर अघि बढ्न सकिन्छ भन्ने हो,’ उनले भने ।

यो पनि : ‘युभेन्ट्सका अध्यक्षले धोका दिए’ – यूईएफए

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

Success

Thank you for your time.