default_image

3 years ago

April 21, 2021

बायर्न उपाधिनजिक

एजेन्सी – बायर्न लिभरकुसनमाथि सहज जित निकाल्दै साविक विजेता बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको उपधिनजिक पुगेको छ । घरेलु मैदान एलिएन्ज एरिनामा मंगलबार राति भएको खेलमा बायर्नले बायर लिभरकुसनमाथि २–० को सहज जित निकाल्दै उपाधिनजिक पुगेको हो। बायर्नको जितमा इरिक म्याक्सिम चुपो मोटिङ र योसुवा किम्मिखले गोल गरे । दुवै गोल पहिलो हाफमा ७ मिनेटको अन्तरमा […]

46 views

0 Bookmark

एजेन्सी – बायर्न लिभरकुसनमाथि सहज जित निकाल्दै साविक विजेता बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको उपधिनजिक पुगेको छ ।

घरेलु मैदान एलिएन्ज एरिनामा मंगलबार राति भएको खेलमा बायर्नले बायर लिभरकुसनमाथि २–० को सहज जित निकाल्दै उपाधिनजिक पुगेको हो।

बायर्नको जितमा इरिक म्याक्सिम चुपो मोटिङ र योसुवा किम्मिखले गोल गरे । दुवै गोल पहिलो हाफमा ७ मिनेटको अन्तरमा भएको थियो ।
खेलको सातौ मिनेटमा इरिक म्याक्सिम चुपो मोटिङले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । १३औं मिनेटमा योसुवा किम्मिखले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।

त्यसपछि दुवै टोलीबाट गोलका केही प्रयास भएपनि थप गोल निस्कन नसक्दा पहिलो हाफको दुई गोल नै बायर्नको जितमा पर्याप्त बन्यो ।

अब बायर्नलाई बुन्डेसलिगाको उपाधिका लागि बाँकी रहेका चार मध्ये केवल एक जितको खाँचो रहेको छ । अब बायर्नले बुन्डेसलिगामा माइन्ज, बोरुसिया मोन्चेनग्लाडवाक, फ्रेइवर्ग र अग्सवर्गसँग खेल्न बाँकी छ ।

बायर्नको ३० खेलबाट ७१ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा रहेको आरबी लाइप्जिगको ६१ अंक छ । पराजित लिभरकुसन ४७ अंक जोडेर छैटौ स्थानमा रहेको छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.