default_image

3 years ago

April 21, 2021

चेल्सी बराबरीमा रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सी ब्राइटनसँग बराबरीमा रोकिएको छ । चेल्सी घरेलु मैदानमा ब्राइटनसँग गोलरहित बराबरीमा रोकिएको हो । स्टामफोर्ड ब्रिजमा बल पोसेसनमा बलियो पकड बनाएपनि चेल्सीले ब्राइटनको बलियो रक्षापङ्तिलाई तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा ब्राइटन १० खेलाडीमा समेटिएको थियो । विन ह्वाइट दोहोरो […]

33 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सी ब्राइटनसँग बराबरीमा रोकिएको छ । चेल्सी घरेलु मैदानमा ब्राइटनसँग गोलरहित बराबरीमा रोकिएको हो ।

स्टामफोर्ड ब्रिजमा बल पोसेसनमा बलियो पकड बनाएपनि चेल्सीले ब्राइटनको बलियो रक्षापङ्तिलाई तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा ब्राइटन १० खेलाडीमा समेटिएको थियो । विन ह्वाइट दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।

बराबरीपछि चेल्सीले तेस्रो स्थानमा उक्लने मौका गुमाउदा शीर्ष चारमा रहेको छ । चौथो स्थानमा रहेको चेल्सीको ३२ खेलबाट ५५ अंक छ । समान ५५ अंक रहेपनि गोलअन्तरमा वेस्टह्याम युनाइटेड पाँचौ स्थानमा रहेको छ । ३४ अंक जोडेर रेलिगेसन जोनभन्दा दुई स्थान माथि १६औं स्थानमा रहेको छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.