default_image

3 years ago

April 21, 2021

रियल म्याड्रिडलाई शीर्षस्थानमा उक्लने अवसर

एजेन्सी – स्पेनिस ला लिगामा आज राति विभिन्न ६ खेलमा प्रतिस्पर्धा हुदा उपाधि होडमा रहेको रियल म्याड्रिड क्याडिज भ्रमणमा निस्कदैछ । क्याडिज र रियल म्याड्रिडबीचको खेल क्याडिजमा नेपाली समयअनुसार राति १ः४५ बजे हुदैछ । क्याडिजमाथि जित निकाल्न सके रियललाई स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लने अवसर रहेको छ । क्याडिजलाई हराउन सके रियलले शहरी प्रतिद्धन्द्धी एट्लेटिको […]

47 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा आज राति विभिन्न ६ खेलमा प्रतिस्पर्धा हुदा उपाधि होडमा रहेको रियल म्याड्रिड क्याडिज भ्रमणमा निस्कदैछ ।

क्याडिज र रियल म्याड्रिडबीचको खेल क्याडिजमा नेपाली समयअनुसार राति १ः४५ बजे हुदैछ । क्याडिजमाथि जित निकाल्न सके रियललाई स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लने अवसर रहेको छ । क्याडिजलाई हराउन सके रियलले शहरी प्रतिद्धन्द्धी एट्लेटिको म्याड्रिडलाई हेड टु हेडको आधारमा पछि पार्दै कम्तीमा पनि एक दिन शीर्षस्थानमा ओगट्ने छ । रियलको ३१ खेलबाट ६७ तथा एट्लेटिकोको ७० अंक छ ।

रियल क्याडिजलाई हराउँदै शीर्षस्थानमा उक्लने दाउँमा हुनेछ । तर, क्याडिजविरुद्ध रियलको पहिलो रोजाईका ७ खेलाडी टोलीमा हुनेछैनन् । कप्तान सर्जियो रामोस, टोनी क्रुस, फेडे भाल्भेर्डे, फर्लान्ड मेन्डी, लुकास भास्क्वेज, इडेन हाजार्ड र लुका मोड्रिच क्याडिजविरुद्धको खेलमा हुनेछैनन् । मोड्रिचले मंगलबार प्रशिक्षण सेसनमा चोट बोक्न पुगेका थिए । उनी कम्तीमा पनि दुई साता मैदान बाहिर रहनेछ । यसको उनले रियल बेटिस र च्याम्पियन्स लिगमा चेल्सीविरुद्धको खेल गुमाउनेछन् ।

ड्यानी कार्भाहल, राफयल भरान, नाचो फर्नान्डेज र क्यासमिरो चोट र प्रतिबन्धपछि टोलीमा फर्किएका छन् । यस्तै प्रशिक्षक जिदानले क्याडिजविरुद्ध युवा खेलाडीलाई क्याडिजविरुद्धको टोलीमा समेटेका छन् । भिक्टर चस्ट, मिगुइल गुटिरेज, सर्जियो एरिवास र एन्टेनियो ब्लान्को सिनियर टोलीमा समेटिएका छन् । क्याडिजविरुद्ध जिदानले ४–१–४–१ को फर्मेसनमा खेलाउन सक्नेछन् ।

टोलीसँग करिम बेन्जेमा, मारियानो डियास, भिनियिस जुनियर, रोड्रिगो गोएस, क्यासमिरो, इस्को, मार्र्सेलो, इडर मिलिसाओ र गोलरक्षक थिवाउट कोर्टुवा रहेका छन् । यता, क्याडिज पनि रियललाई स्तब्ध पार्दै अंक तालिका सुधार गर्ने दाउमा हुनेछ । क्याडिज ३६ अंक जोडेर १३औं स्थानमा रहेको छ । क्याडिजले गत अक्टोवरमा रियललाई उसकै मैदानमा १–० ले स्तब्ध पारेको थियो । क्याडिज सोही जितलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।

टोलीसँग रुवेन सोब्रिनो, अल्भारो नेग्रेडो, जाइरो, जेन्स जोन्सन, जोस मारी, साल्भी सान्चेज, फाली, अलफोन्सो इस्पिनो, मार्काेस मोउरो र गोलरक्षक जेरेमिएर लेडेस्माको साथ रहेको छ । यि दुई टोलीको दुई भेटमा दुवै टोली १–१ खेलमा विजयी भएका छन् । रियलले २०१५ को कोपा डेल रेमा क्याडिजलाई ३–१ ले पराजित गरेको थियो ।

अन्य खेल
लेभान्टेविरुद्ध सेभिया (राति १०ः४५ बजे), ओसासुनाविरुद्ध भ्यालेन्सिया (राति १०ः४५ बजे), रियल बेटिसविरुद्ध एथलेटिको बिल्वाओ (राति ११ः४५ बजे), एलाभेसविरुद्ध भिल्लारियल (राति १२ः४५ बजे) र इल्चेविरुद्ध रियल भालाडोलिड (राति १२ः४५ बजे)

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.