default_image

3 years ago

April 21, 2021

फुटबल खेलाडी सरु गृहनगरमा सम्मानित

विराटनगर (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोली तथा नेपाल एपिएफ महिला टोलीकी सदस्य सरु लिम्बु गृह नगरमा सम्मानित भएकी छिन् । पथरी शनिश्चरे महिला फुटबल क्लबले उनलाई सम्मान गरेको हो । छोटो समयमा फुटबलका माध्यमबाट देशकै शान बढाउन सफल भएकोमा उनलाई सम्मान गरेको हो । सरुले नेपाली यू १८ र १९ टिमको कप्तानी गरिसकेकी छन् […]

84 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोली तथा नेपाल एपिएफ महिला टोलीकी सदस्य सरु लिम्बु गृह नगरमा सम्मानित भएकी छिन् । पथरी शनिश्चरे महिला फुटबल क्लबले उनलाई सम्मान गरेको हो ।

छोटो समयमा फुटबलका माध्यमबाट देशकै शान बढाउन सफल भएकोमा उनलाई सम्मान गरेको हो । सरुले नेपाली यू १८ र १९ टिमको कप्तानी गरिसकेकी छन् । सरु सम्मलित एपिएफले फागुनमा महिला राष्ट्रिय लिगको उपाधि जितेको थियो । त्यसमा उनी सर्वोत्कृष्ट खेलाडी समेत चुनिएकी थिइन् ।

सुरुसहित राष्ट्रिय टोली र एपिएफकी अनिता केसी, गोलकिपर एन्जिला तुम्बाफो सुब्बा र गिता राना पाकिस्तानमा महिला च्याम्पियनसिप खेल्न गएका थिए । उनीहरु सहभागी मासा युनाइटेड सेमिफाइनल पुगिसकेको थियो । तर पाकिस्तान फुटबल आन्तरिक विवादमा फसेपछि लिग रद्द भएपछि उनी स्वदेश फर्केका थिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का सह–महासचिव वसन्त अर्यालले सम्मान गरेका थिए । कार्यक्रममा मोरङ जिल्ला फुटबल संघका अध्यक्ष दीपेन्द्र धिमाल, वडाध्यक्ष गोविन्दबहादुर भण्डारीको उपस्थिति थियो । सोही अवसर मा राष्ट्रिय टोलीकी खलाडी मनमाया लिम्बूलाई क्लबले मायाको चिनो प्रदान गरेको थियो ।

क्लबकी व्यवस्थापक जमुना आले मगरको सक्रियतामा आयोजना भएको कार्यक्रममा क्लबका प्रशिक्षक विक्रम धिमाल, विराटनगर महानगरपालिका–१ वडाध्यक्ष उद्धव अर्याल, प्रशिक्षक पारस चौधरी, पूर्व खेलाडीद्वय संजीव बुढाथोकी र दीपक राईलगायतको उपस्थिति थियो । सोही कार्यक्रममा विराटनगर–१ का वडाध्यक्ष उद्धव अर्याल र एन्फाका सह–महासचिव अर्यालले क्लबलाई खेल समाग्री प्रदान गरेका थिए ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.