default_image

3 years ago

April 21, 2021

यू १३ छनोट – पहिलो चरणमा ७१ खेलाडी परे

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजनका ३ क्लबसँगको युवा परियोजनाको सहकार्यका लागि खेलाडी छनोटको प्रक्रिया सुरु गरेको छ । तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबका लागि यू १३ का ४२ खेलाडी उपलब्ध गराउने उद्देश्यका साथ छनोट सुरु गरिएको हो । ७ प्रदेशबाट छनोट […]

51 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजनका ३ क्लबसँगको युवा परियोजनाको सहकार्यका लागि खेलाडी छनोटको प्रक्रिया सुरु गरेको छ ।

तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबका लागि यू १३ का ४२ खेलाडी उपलब्ध गराउने उद्देश्यका साथ छनोट सुरु गरिएको हो । ७ प्रदेशबाट छनोट भइआएका १ सय ६६ खेलाडीबाट बुधबार ७१ खेलाडी छनोट भएका छन् । अन्तिम दिन बिहीबार ४२ खेलाडी र केहि वैकल्पिक खेलाडी छनोट हुने एन्फाका उपाध्यक्ष एवंम् युवा परियोजनाका संयोजक उपेन्द्रमान सिंहले जानकारी दिए ।

अन्तिम चरणबाट ४२ खेलाडी छनोट हुनेछन् । त्यसमध्ये आधा २१ खेलाडीले एन्फाबाट पूर्ण छात्रबृति प्राप्त गर्नेछन् । त्यस्तै २१ खेलाडीले भने आफ्नो खर्चमा तीन विभागका स्कुलमा आबद्ध हुनुपर्नेछ । एन्फा र ३ विभागबीच गत वर्ष एकेडेमी सञ्चालनका लागि सम्झौता भएको थियो । जसमा एन्फाले ७ खेलाडीको छात्रबृति दिने, ७ खेलाडीले आफ्नो खर्चमा बस्ने र ३ विभागले समान ७ खेलाडीलाई छात्रबृति दिने सहमति भएको थियो ।

सुरुमा सम्बन्धित जिल्ला, त्यसपछि प्रदेश हुँदै अन्तिम चरणको छनोटका लागि १ सय ६६ खेलाडी राजधानीमा जम्मा भएका हुन् । एन्फाका प्राविधिक निर्देशक ग्यारीको नेतृत्वमा प्रशिक्षणहरुको टोलीले खेलाडीको प्ररिक्षण लिइरहेका छन् । जिल्ला प्रदेश हुँदै केन्द्रीय छनोटमा आएका युवा खेलाडीहरु निकै प्रतिभावान पाइएको उपाध्यक्ष सिंहले बताएका छन् ।

एन्फाले केहि वर्षअघिबाट ग्रासरुट कार्यक्रम सञ्चालन गरेको थियो । अहिले यो छनोटमा आउने अधिकांश खेलाडी त्यहिबाट आएका छन्, सिंहले भने, ‘ग्रासरुटबाट युवा परियोजनामा सामावेश गराउनका लागि यो छनोट भइसकेको छ । भविष्यमा पनि हामीले यसलाई निरन्तरता दिदै जानुपर्छ । जसले गर्दा भविष्यमा फुटबल खेलाडीको उत्पादन संख्यात्मक रुपमा बढी हुन जान्छ ।’

सानै उमेरदेखि बालबालिकालाई फुटबलमा आकर्षित गर्दै लानका लागि ग्रासरुट प्रभावकारी देखिएको अनुभव सुनाउँदै सिंहले भने, ‘यो नियमित प्रक्रिया हो । ग्रासरुटबाट आउनेलाई युवा परियोजनामा । युवाबाट विकसित हुँदै र क्षमतावान खेलाडीले उमेर समूहमा देशको प्रतिनिधित्व गर्नेछन् । तीनै खेलाडीले पछि राष्ट्रिय टोलीमा जान सक्ने क्षमता राख्छन् । अरु खेलाडी व्यवासायिक खेलाडीका रुपमा विकसित हुनेछन् ।’

एन्फा आफैले एकेडेमी सञ्चालन गरेर मात्र पर्याप्त खेलाडी उत्पादन सम्भवन नहुने तर्फ जोड दिदै सिंहले भने, ‘त्यसैले हामीले पहिलो चरणमा सेना, प्रहरी र एपिएफसँगको सहकार्यमा एकेडेमीको सुरुवात गरेका छौं । भविष्यमा अन्य क्लबहरुले पनि यो अभ्यास गर्नुपर्ने हुन्छ । एएफसी क्लब लाइसन्सका लागि पनि यो प्रक्रियामा जानै पर्ने हुन्छ । अहिलेको यो छनोट प्रक्रिया क्लबहरुमा सकारात्मक सन्देश जाने विश्वास लिएका छौं ।’

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

Success

Thank you for your time.