default_image

3 years ago

April 22, 2021

बेन्जेमा चम्कदा रियल म्याड्रिड शीर्षस्थानमा

एजेन्सी – फरवार्ड करिम बेन्जेमाले दुर्ए गोल तथा एक असिस्ट दिएपछि साविक विजेता रियल म्याड्रिड क्याडिजलाई हराउँदै स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । क्याडिजमाथि ३–० को सहज जित निकाल्दै रियलले शहरी प्रतिद्धन्द्धी एट्लेटिको म्याड्रिडलाई पछि पादै शीर्षस्थानमा उक्लन सफल भएको हो । शीर्षस्थानमा उक्लिएको रियलको ३२ खेलबाट ७० अंक पुगेको छ । एक खेल […]

48 views

0 Bookmark

एजेन्सी – फरवार्ड करिम बेन्जेमाले दुर्ए गोल तथा एक असिस्ट दिएपछि साविक विजेता रियल म्याड्रिड क्याडिजलाई हराउँदै स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।

क्याडिजमाथि ३–० को सहज जित निकाल्दै रियलले शहरी प्रतिद्धन्द्धी एट्लेटिको म्याड्रिडलाई पछि पादै शीर्षस्थानमा उक्लन सफल भएको हो । शीर्षस्थानमा उक्लिएको रियलको ३२ खेलबाट ७० अंक पुगेको छ । एक खेल कम खेलेको एट्लेटिकोको ७० अंक नै रहेपनि हेड टु हेडमा पछि परेको छ । पराजित क्याडिज ३६ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

क्याडिजको मैदानमा बुधबार राति भएको खेलमा रियलको जितमा करिम बेन्जेमाले दुई तथा अल्भारो ओर्डिजोलाले एक गोल गरे । सबै तीन गोल पहिलो हाफमा १० मिनेटको अन्तरमा भएको थियो । खेलको शुरुवात देखि नै घरेलु टोलीलाई दवावमा राखेको रियलले ३०औं मिनेटमा करिम बेन्जेमाको पेनाल्टी गोलबाट अग्रता लिएको थियो ।

पेनाल्टी बक्समा भिनिसियस जुनियरलाई इसाक कार्सेलेनले लडाएपछि भिएआरको सहायतामा रियलले पेनाल्टीको अवसर पाएको थियो । जसमा बेन्जेमा चुकेनन् । ३३औं मिनेटमा बेन्जेमाकै पासमा अल्भारो ओर्डिजोलाले गोल गर्दै रियललाई २–० ले अघि बढाए ।

४०औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै रियललाई पहिलो हाफमा ३–० को आरामदायी अग्रता दिलाए । उनले क्यासमिरोको पासमा गोल गरेका थिए । त्यसअघि ३७औ मिनेटमा क्यासमिरोले सुवर्ण अवसर खेर फालेको थियो । ८६औं मिनेटमा मार्काे एसेन्सियोले अवसर पाएपनि सदुपयोग गर्न सकेन ।

त्यसपछि थप गोल निस्कन नसक्दा रियल विजयी हुन सफल भयो । घरेलु टोली क्याडिजले कुनैपनि समय रियलको पोस्टमा आक्रमण बुन्न सकेन । यो जितसँगै रियलले गत अक्टोवरमा घरेलु मैदानमा भोगेको हारको बदला लिन सफल भएको छ । रियल त्यतिबेला क्याडिजसँग १–० ले स्तब्ध बनेको थियो । क

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.