default_image

3 years ago

April 22, 2021

युभेन्टसको पूनरागमन जित, शीर्षस्थानको इन्टर रोकियो

एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको इन्टर मिलान बराबरीमा रोकिदा युभेन्टसले सहज जित दर्ता गरेको छ ।शीर्षस्थानमा रहेको इन्टर मिलान घरेलु टोली स्पेजियासँग १–१ गोलको बराबरीमा रोकिएको हो । बुधबार राति भएको खेलमा घरेलु टोलीले खेलको १२औं मिनेटमा डिएगो फरिएसको गोलबाट अग्रता लिदा इभान पेरिसिसले बराबरी गोल फर्काएका थिए । इभानले ३९औं मिनेटमा […]

52 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको इन्टर मिलान बराबरीमा रोकिदा युभेन्टसले सहज जित दर्ता गरेको छ ।शीर्षस्थानमा रहेको इन्टर मिलान घरेलु टोली स्पेजियासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

बुधबार राति भएको खेलमा घरेलु टोलीले खेलको १२औं मिनेटमा डिएगो फरिएसको गोलबाट अग्रता लिदा इभान पेरिसिसले बराबरी गोल फर्काएका थिए । इभानले ३९औं मिनेटमा गोल गरेका थिए । दोस्रो हाफमा थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा टुंगियो ।

इन्टर पछिल्लो दुई खेलमा बराबरीमा रोकिएको हो । यसअघि इन्टरले नेपोलीसँग पनि १–१ गोलकै बराबरी खेलेको थियो । यो बराबरीसँगै शीर्षस्थानमा रहेको इन्टरको ३२ खेलबाट ७६ अंक पुगेको छ । स्पेजिया ३३ अंक जोडेर १५औं स्थानमा रहेको छ ।

यस्तै सिरी ‘ए’ कै अर्काे खेलमा युभेन्टसले पार्मामाथि ३–१ को पूनरागमन जित दर्ता गरेको छ । घरेलु मैदानमा युभेन्टसको जितमा एलेक्स सान्द्रोले दुई तथा म्याथ्थिज डि लेग्टले एक गोल थपे । गास्टन ब्रगमानले गरेको गोल सान्त्वना बन्यो ।

खेलको २५औं मिनेटमा गास्टनको गोलबाट पार्माले अग्रता लिएको थियो । एक गोलले पछि परेको युभेन्टसले ४३औं मिनेटमा एलेक्स सान्द्रोको गोलबाट बराबरी गोल फर्काएको थियो । उनले म्याथ्थिज डि लेग्टको पासमा गोल गरेका थिए । ४७औं मिनेटमा एलेक्स सान्द्रोले जुआन कोर्डाडोको पासमा गोल गर्दै युभेन्टसलाई २–१ ले अघि बढाए । ६८औं मिनेटमा जुआन कोर्डाडोको पासमा म्याथ्थिज डि लेग्टले गोल गर्दै युभेन्टसलाई ३–१ को पुनरागमन जित दिलाए ।

यो जितसँगै युभेन्टस ३२ खेलबाट ६५ अंक जोडेर तेस्रो स्थाना उक्लिएको छ । दोस्रो स्थानमा रहेको एसी मिलानको ६६ अंक छ । एक खेल कम खेलेको एटलान्टा ६४ अंक जोडेर चौथो स्थानमा रहेको छ । पराजित पार्मा २० अंक जोडेर १९औं स्थानमा छ ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.