default_image

3 years ago

April 22, 2021

पिएसजी फ्रेन्च कपको सेमिफाइनलमा

एजेन्सी – मार्को इकार्डीको ह्याट्रिकसहित सहज जितका साथ पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च कपको सेमिफाइनलमा पुगेको छ । बुधबार राती भएको खेलमा पिएसजीले एन्जर्समाथि ५–० को जित हासिल गरेको थियो । खेल सुरु भएको नवौं मिनेटमा इकाडीले सुरुवाती अग्रता दिलाएका थिए । उनले जुलियन ड्रक्सलरको पासमा गोल गरेका थिए । २३ औं मिनेटमा भिन्सेन्ट मानसेउले […]

54 views

0 Bookmark

एजेन्सी – मार्को इकार्डीको ह्याट्रिकसहित सहज जितका साथ पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च कपको सेमिफाइनलमा पुगेको छ । बुधबार राती भएको खेलमा पिएसजीले एन्जर्समाथि ५–० को जित हासिल गरेको थियो ।

खेल सुरु भएको नवौं मिनेटमा इकाडीले सुरुवाती अग्रता दिलाएका थिए । उनले जुलियन ड्रक्सलरको पासमा गोल गरेका थिए । २३ औं मिनेटमा भिन्सेन्ट मानसेउले आत्मघाती गोल गर्दा पिएसजीको अन्तर दोब्बर भएको थियो । नेयमारले ६५ औं मिनेटमा नजिकबाट गोल गरे । एन्जेल डि मारियको क्रसमा इकार्डीले ६८ औं र अन्तिम मिनेटमा भलीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

माउरिसियो पोचेटिनोको पहिलो सिजनमा पिएसजीले तीन वटा उपाधि जित्ने सम्भावनालाई कायम राखेको छ । लिग वानमा पिएसजी शीर्षस्थानको लिलभन्दा १ अंकले पछाडि छ । लिग वानमा अझै ५ खेल बाँकी छन् । त्यस्तै टोली च्याम्पियन्स लिगको सेमिफाइन्लमा पुगेको छ । टोलीले फाइनल प्रवेशका लागि प्रिमियर लिग टोली म्यानचेस्टर सिटीको सामना गर्दैछ । यी दुई टोलीबीचको पहिलो लेग अप्रिल २८ मा फ्रान्समा र दोस्रो लेग मे ४ मा इग्ल्यान्डमा हुनेछ ।

टोटेनहमका पूर्व प्रशिक्षक पोचेटिनोले जनवरीमा पिएसजीको नेतृत्व सम्हालेका थिए । हालका चेल्सीका प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेपछि पिएसजीले पोचेटिन्होलाई नियुक्त गरेको थियो । टुचेलको नेतृत्वमा गत सिजन च्याम्पियन्स लिगको फाइनल पुगेको पिएसजीले लिग वान र फ्रेन्च कप जितेको थियो । पिएसजीसहित मोन्टपिलर र चौथो श्रेणीको भालियर्स फ्रेन्च कपको अन्चिम चारमा पुगेको छ । अन्तिम क्वार्टरफाइनल लियोन र मोनाकोबीच हुनेछ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.