default_image

3 years ago

April 22, 2021

कनकाई भेट्रान्स कपः हाम्रो इटहरी फाइनलमा

सुरुङ्गा (हाम्रो खेलकुद) – सुनसरीको हाम्रो इटहरी भेट्रान्स क्लब झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा झापाको दुधे भेट्रान्स क्लबलाई १–० ले हराउँदै हाम्रो इटहरी उपाधि नजिक पुगेको हो । खेलको पहिलो हाफमा हाम्रो इटहरीले गरेको एक गोल नै जितका लागि पर्याप्त रह्यो । […]

51 views

0 Bookmark

सुरुङ्गा (हाम्रो खेलकुद) – सुनसरीको हाम्रो इटहरी भेट्रान्स क्लब झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा झापाको दुधे भेट्रान्स क्लबलाई १–० ले हराउँदै हाम्रो इटहरी उपाधि नजिक पुगेको हो ।

खेलको पहिलो हाफमा हाम्रो इटहरीले गरेको एक गोल नै जितका लागि पर्याप्त रह्यो । खेलको २१ औँ मिनेटमा हाम्रो इटहरीका डेनिम राईले उत्कृष्ट गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । डेनिमले करिब २५ यार्डबाट प्रहार गरेको फ्रिकिक प्रहारले सोझै जाली चुमेको थियो । यसअघि १५ औँ मिनेटमा हाम्रो इटहरीका जोनी तामाङको प्रहार गोलबार छेउबाट बाहिरिएको थियो ।

त्यस्तै, खेलको तेस्रो मिनेटमा दुधेका भीष्मप्रसाद खरेलको प्रहार गोलरक्षकले बचाएका थिए । प्रेम घिमिरेले सेन्टर लाइनभन्दा पछाडिबाट दिएको पास खरेलले हाम्रो इटहरीको रक्षापंक्ति बिट भएको मौकामा एक्लै गोल लिएर अघि बढेका थिए । तर, उनको प्रहार फितलो हुँदा गोलमा परिणत हुन सकेन ।

त्यस्तै, छैटौँ मिनेटमा प्रेम घिमिरेको प्रहार हाम्रो इटहरीका गोल रक्षकको हातबाट फुस्किएपछि गरेको प्रहार गोल हुन सकेन । खेल मैदान हिलाम्मे भएका कारण खेलाडीले गोल नियन्त्रण लिन सकेका थिएनन् । हाम्रो इटहरीका रामशरण चौधरी खेलको म्यान अफ द म्याच घोषित भएका छन् । उनलाई ढुवानी व्यवसायी तथा फुटबलप्रेमी श्याम प्रसाईंले नगद दुई हजार रुपैयाँ प्रदान गरे ।

शनिबार हुने फाइनल खेलमा हाम्रो इटहरीले आयोजक कनकाई भेट्रान्स क्लबको सामना गर्नेछ । कनकाई भेट्रान्स क्लबको आयोजनामा कनकाई माविको खेल मैदानमा भएको प्रतियोगितामा ८ वटा टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार र दोस्रो टोलीले ६१ हजार र ट्रफी पाउनेछ ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.