default_image

3 years ago

April 22, 2021

संकटा जीतपुरसिमरा गोल्डकपको फाइनलमा

सुनील गाउँले, बारा पोखरामा सम्पन्न आहा रारा गोल्डकपको विजेता संकटा क्लब सिमरामा जारी एघारौं जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार साँझ सिमरा रङ्गशालामा सम्पन्न दोश्रो सेमिफाइनलमा विराट गोल्डकप विजेता एपिएफलाई ३–१ ले पन्छाउँदै संकटाले उपाधि होडमा अफ्रिकन रुट्स एशोसियसन (एआरए) संगको भेट पक्का गरेको छ । उपाधिका लागि अब शनिबार संकटा र एआरएबीच […]

54 views

0 Bookmark

सुनील गाउँले, बारा

पोखरामा सम्पन्न आहा रारा गोल्डकपको विजेता संकटा क्लब सिमरामा जारी एघारौं जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार साँझ सिमरा रङ्गशालामा सम्पन्न दोश्रो सेमिफाइनलमा विराट गोल्डकप विजेता एपिएफलाई ३–१ ले पन्छाउँदै संकटाले उपाधि होडमा अफ्रिकन रुट्स एशोसियसन (एआरए) संगको भेट पक्का गरेको छ । उपाधिका लागि अब शनिबार संकटा र एआरएबीच प्रतिष्पर्धा हुनेछ । यी दुई टोलीले चैत २६ गते आहा रारा गोल्ड कपको फाइनल खेलेकाक थिए । जसमा संकटा विजयी भएको थियो ।

खेलको पुरै समय एपिएफलाई दबाबमा राखेको संकटाको जितमा प्रकाश बुढाथोकीले २ तथा फोडे फोफानाले १ गोल गरे भने एपिएफका लागि प्रदिप लामाले पेनाल्टी शुट आउटमा सान्त्वना गोल फर्काए ।
खेलको २२ औँ मिनेटमा गणेश हमालको क्रसमा प्रकाशको गोल गर्दै संकटालाई अग्रता दिलाए । एपिएफका गोलरक्षक अमृत कुमार चौधरी अघी बढ्दा प्रकाशले बललाई सहजै जाली चुमाए ।

खेलको ३७ औँ मिनेटमा प्रकाशकै गोलमा संकटाले अग्रता दोव्वर पा¥यो । एपिएफका सन्तोष कटुुवालले संकटाका सुभाष गुरुङलाई फाउल गरेपछि पाएको फ्रिकिक अवसर गोलमा परिणत भयो । झण्डै ३० यार्ड परबाट सुभाष गुरुङले हानेको फ्रिकिक बललाई डिबक्स भित्र नियन्त्रणमा लिंदै प्रकाशले गोलमा परिणत गरेका थिए ।

खेलको ६१ औँ मिनेटमा संकटाका अफ्रिकी स्ट्राइकर फोडे फोफानाले गोल गर्दै संकटालाई ३–० को फराकिलो अग्रता दिलाए । सुभाष गुरुङको क्रसपासलाई फोफानाले डिबक्स बाहिरैबाट गोलमा परिणत गरे ।

खेलको ७९ औं मिनटमा एपिएफका प्रदिप लामाले पेनाल्टी शुट आउटमा सान्त्वना गोल फर्काएपनि अन्तिम समयमा एपिएफ खेलमा फर्कन सकेन । एपिएफले कर्नर एरियाबाट हानेको फ्रिकिक नियन्त्रणमा लिने क्रममा सुमन विकले पेनाल्टी एरियामा ह्याण्ड गरेपछि एपिएफले पेनाल्टी शुटआउटको मौका पाएको थियो ।

खेलको म्यान अफ दि म्याच घोषित भएका संकटाका प्रकाश बुढाथोकीले पाँच हजार नगद र ट्रफि प्राप्त गरे । शनिबार हुने उपाधि भिडन्तमा संकटा क्लब र एआरएबीच प्रतिष्पर्धा हुनेछ ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.