default_image

3 years ago

April 22, 2021

आयोजक कालिका गोल्डकपको फाइनलमा

चितवन (हाम्रो खेलकुद) – आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी कालिका नगरपालिका प्रथम कालिका गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । हानामी एभरेष्ट फुटबल क्लब भरतपुरलाई बिहीबार २–० ले पराजित गर्दै आयोजक क्लब उपाधि नजिक पुगको हो । आयोजक टोलीलाई जित दिलाउन सबी गुरुङ र सफल भण्डारीले गोल गरे । दोस्रो हाफको १६ औं मिनेटमा सबीले […]

26 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद) – आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी कालिका नगरपालिका प्रथम कालिका गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । हानामी एभरेष्ट फुटबल क्लब भरतपुरलाई बिहीबार २–० ले पराजित गर्दै आयोजक क्लब उपाधि नजिक पुगको हो ।

आयोजक टोलीलाई जित दिलाउन सबी गुरुङ र सफल भण्डारीले गोल गरे । दोस्रो हाफको १६ औं मिनेटमा सबीले गोल गर्दै आयोजकलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि सफलले गोल गर्दै आयोजकको अग्रता दोब्बर बनाए ।

विजयी टोलीका सबी गुरुङ म्यान अफ दी म्याच घोषित भए घोषित भए । प्रतियोगिता अन्तर्गत शुक्रबार सेन्ट्रल कलेज भरतपुर फुटबल क्लब (बिएससी) र रड्स क्लब रामपुरबीच दोस्रो सेमिफाइनल हुनेछ ।

आइतबार हुने फाइनलको विजेताले उपाधिसहित १ लाख ११ हजार १ सय ११ रुपैयाँ र दोस्रो हुने टोलीले ५५ हजार ५ सय ५५ प्राप्त गर्नेछ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.