default_image

3 years ago

April 23, 2021

मेस्सीको दुई गोलमा बार्सिलोनाको सानदार जित

एजेन्सी – कप्तान लियोनेल मेस्सीको उच्च प्रदर्शनमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित हात पारेको छ । घरेलु मैदानमा बार्सिलोनाले गेटाफेलाई ५–२ ले हराएको हो । बार्सिलोनाको फराकिलो जितमा कप्तान लियोनेल मेस्सीले दुई तथा रोनाल्ड एराउजो र एन्टोइन ग्रिजमनले एक गोल गरे । एक उपहार पाएको थियो । गेटाफेका इनेस युनालले एक गोल […]

52 views

0 Bookmark

एजेन्सी – कप्तान लियोनेल मेस्सीको उच्च प्रदर्शनमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित हात पारेको छ । घरेलु मैदानमा बार्सिलोनाले गेटाफेलाई ५–२ ले हराएको हो ।

बार्सिलोनाको फराकिलो जितमा कप्तान लियोनेल मेस्सीले दुई तथा रोनाल्ड एराउजो र एन्टोइन ग्रिजमनले एक गोल गरे । एक उपहार पाएको थियो । गेटाफेका इनेस युनालले एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।

क्याम्प नोउमा बिहीबार राति भएको खेलको आठौं मिनेटमा बार्सिलोनाले कप्तान लियोनेल मेस्सीको गोलबाट अग्रता लिएको थियो । उनले सर्जियो बुस्क्वेट्सको पासमा गोल गरेका थिए । १२औं मिनेटमा क्लेमेन्ट लेङ्लेटले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो ।

२८औं मिनेटमा सोफियन चाक्लाले आत्मघाती गोल गरेपछि बार्सिलोना खेलमा २–१ ले अघि बढ्यो । ३३औं मिनेटमा कप्तान लियोनेल मेस्सीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा ३–१ ले अघि बढाए । ६९औं मिनेटमा इनिस युनालले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए ।

८७औं मिनेटमा रोनाल्ड एराउजोले मेस्सीको पासमा गोल गर्दै बार्सिलोनालाई जिततर्फ अघि बढाए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा एन्टोइन ग्रिजमनले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ५–२ को फराकिलो जित दिलाए । सोफियन चाक्लाले पेनाल्टी बक्समा एन्टोइन ग्रिजमनलाई लडाएपछि प्राप्त पेनाल्टीमा कप्तान लियोनेल मेस्सीले ह्याट्रिक गर्ने अवसर रहेपनि उनले ग्रिजमनलाई नै पेनाल्टी प्रहारको मौका दिएका थियो ।

यस जितसँगै बार्सिलोनाले उपाधि सम्भावनालाई जीवितै राखेको छ । बार्सिलोना ३१ खेलबाट ६८ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । शीर्षस्थानको एट्लेटिको म्याड्रिडको ७३ तथा दोस्रो स्थानको रियल म्याड्रिडको ७० अंक छ । दुवै टोलीले ३२ खेल खेलेको छ । पराजित गेटाफे ३१ अंक जोडेर १५औं स्थानमा छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.