default_image

3 years ago

April 23, 2021

एट्लेटिको शीर्षस्थानमा फर्कियो

एजेन्सी – रेलिगेसन जोनमा संघर्ष गरिरहेको एसडी हुएस्कामाथि सहज जित निकाल्दै एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा बिहीबार राति भएको खेलमा एट्लेटिकोको जितमा एन्जल कोरिया र यान्निक कारास्कोले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल निस्किएको थियो । खेलको ३९औं मिनेटमा एन्जलले मार्काेस लोरेन्टेको पासमा […]

87 views

0 Bookmark

एजेन्सी – रेलिगेसन जोनमा संघर्ष गरिरहेको एसडी हुएस्कामाथि सहज जित निकाल्दै एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।

घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा बिहीबार राति भएको खेलमा एट्लेटिकोको जितमा एन्जल कोरिया र यान्निक कारास्कोले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल निस्किएको थियो । खेलको ३९औं मिनेटमा एन्जलले मार्काेस लोरेन्टेको पासमा गोल गर्दै एट्लेटिकोलाई १–० ले अघि बढाए ।

८०औं मिनेटमा लोरेन्टेकै पासमा यान्निक कारास्कोले गोल गर्दै टोलीको जित सुनिश्चित गरे । एट्लेटिकोले शहरी प्रतिद्धन्द्धी रियल म्याड्रिडलाई ३ अंकले पछि पार्दै शीर्षस्थानमा फर्किएको हो । एट्लेटिकोको ३२ खेलबाट ७३ तथा समान खेलबाटै रियलको ७० अंक छ ।

एक खेल कम खेलेको तेस्रो स्थानको बार्सिलोनाको ६८ अंक छ । पराजित हुएस्का २७ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा छ । यस्तै ला लिगाको अन्य खेलमा ग्रानडाले एइवरलाई ४–१ ले तथा रियल सोसिडाडले सेल्टा डि भिगोलाई २–१ ले पराजित गरेको छ ।

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.