default_image

3 years ago

April 23, 2021

इन्सिग्ने चम्कदा नेपोलीको सानदार जित

एजेन्सी – इटालियन फरवार्ड लोरेन्जो इन्सिग्नेको दुई गोल सहयोगमा नेपोलीले इटालियन सिरी ‘ए’ मा लाजियोमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा नेपोलीले लाजियोलाई ५–२ ले हराएको हो । घरेलु मैदान डिएको अर्मान्डो म्याराडोना स्टेडियम नेपोलीमा बिहीबार राति भएको खेलमा लाजियोको जितमा लोरेन्जो इन्सिग्नेले दुई गोल गर्दा माटियो पोलिटानो, ड्रिएर मेर्टिन्स र भिक्टर ओसिमहेनले गोल […]

37 views

0 Bookmark

एजेन्सी – इटालियन फरवार्ड लोरेन्जो इन्सिग्नेको दुई गोल सहयोगमा नेपोलीले इटालियन सिरी ‘ए’ मा लाजियोमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा नेपोलीले लाजियोलाई ५–२ ले हराएको हो ।

घरेलु मैदान डिएको अर्मान्डो म्याराडोना स्टेडियम नेपोलीमा बिहीबार राति भएको खेलमा लाजियोको जितमा लोरेन्जो इन्सिग्नेले दुई गोल गर्दा माटियो पोलिटानो, ड्रिएर मेर्टिन्स र भिक्टर ओसिमहेनले गोल गरे । लाजियोका सिरो इमोविले र सेर्गेज मिलिन्कोभिक साभिकले गोल फर्काए ।

खेलको सातौं मिनेटमा लोरेन्जो इन्सिग्नेको पेनाल्टी गोलबाट नेपोलीले अग्रता लिएको थियो । १२औं मिनेटमा माटियो पोलिटानोले गोल गरेपछि नेपोलीले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । ५३औं मिनेटमा लोरेन्जो इन्सिग्नेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि नेपोली सहज जिततर्फ अग्रसर बन्यो । ६५औं मिनेटमा ड्रिएस मेर्टिन्सले गोल गरेपछि नेपोली ४–० ले अघि बढेको थियो ।

७०औं मिनेटमा सिरो इमोविलेले एन्ड्रिएस पेरेइराको पासमा गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याए । ७४औं मिनेटमा सेर्गेज मिलिन्कोभिक साभिकले गोल गर्दै लाजियोलाई खेलमा फर्काउने संकेत दिएका थिए । तर, ८०औं मिनेटमा भिक्टर ओसिमहेनले गोल गर्दै नेपोलीलाई ५–२ को सहज जित दिलाए ।
जितसँगै नेपोली ३२ खेलबाट ६३ अंक जोडेर पाँचौ स्थानमा यथावत रहँदा पराजित लाजियो ३१ खेलबाट ५८ अंक जोडेर छैटौ स्थानमा रहेको छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.