default_image

3 years ago

April 24, 2021

आत्मघाती गोलले आर्सनलको हार

एजेन्सी – खेल सकिन १४ मिनेट बाँकी रहँदा गोलरक्षक बन्ड लेनोले आत्मघाती गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा आर्सनलले हार बेहोरेको छ । आर्सनल आत्मघाती गोलले एभर्टनसँग १–० ले पराजित भएको हो । इमिरेट्स स्टेडियममा शुक्रबार राति भएको रोमाञ्चक र प्रतिस्पधात्मक खेलमा दुवै टोलीले गोलका केही सुवर्ण अवसरहरु खेर फालेका थिए ।१४औं मिनेटमा लुकास डिग्नेको क्रसमा […]

55 views

0 Bookmark

एजेन्सी – खेल सकिन १४ मिनेट बाँकी रहँदा गोलरक्षक बन्ड लेनोले आत्मघाती गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा आर्सनलले हार बेहोरेको छ । आर्सनल आत्मघाती गोलले एभर्टनसँग १–० ले पराजित भएको हो ।

इमिरेट्स स्टेडियममा शुक्रबार राति भएको रोमाञ्चक र प्रतिस्पधात्मक खेलमा दुवै टोलीले गोलका केही सुवर्ण अवसरहरु खेर फालेका थिए ।
१४औं मिनेटमा लुकास डिग्नेको क्रसमा डोमिनिक काल्भर्ट लेविनको डाइभिङ हेडर पोस्ट नजिकैबाट बाहिरिदा एभर्टन अग्रता लिनबाट चुकेको थियो ।

३०औं मिनेटमा रिचार्लीसनको प्रहारलाई आर्सनलका गोलरक्षक बन्ड लेनोले उत्कृष्ट बचाउ गर्दै एभर्टनको अग्रता टारे । ४०औं मिनेटमा गिल्फी सिगुर्डसनको २५ यार्ड टाढाको फ्रिकिक प्रहार क्रसबारमा लागेर बाहिरिदा एभर्टन चुकचुकायो । ४९औं मिनेटमा रोव होल्डिङको प्रहारलाई गिल्फी सिगुर्डसनले ब्लक गर्दै खतरा टारे ।

५३औं मिनेटमा आर्सनलले पेनाल्टीको अपिल गरेपनि भिएआरबाट मान्यता पाएन । ६४औं मिनेटमा कलुम चेम्वर चुक्दा आर्सनल पनि अग्रता लिनबाट चुक्यो । ६८औं मिनेटमा एभर्टनका गोलरक्षक जोर्डन पिकफोर्डले ड्यानियल सेवालेसको प्रहारलाई उत्कृष्ट बचाउ गर्दै अर्काे खतरा टारे । ७६औं मिनेटमा एभर्टनले आत्मघाती गोलबाट अग्रता लियो ।

काउन्टर अट्याकमा रिचार्लीसनले क्लोज रेन्जबाट गरेको क्रस लेनोको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा थोमस पार्टीको पासमा मार्टिनेलीको प्रहारलाई गोलरक्षक जोर्डन पिकफोर्डले उत्कृष्ट बचाउ गर्दै एभर्टनलाई जित दिलाउदा आर्सनललाई निराश पारे ।

यो जितसँगै एभर्टन ३२ खेलबाट ५२ अंक जोडेर आठौं स्थानमा यथावत रहँदा पराजित आर्सनल ३३ खेलबाट ४६ अक जोडेर नवौं स्थानमा रहेको छ ।

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

Success

Thank you for your time.