default_image

3 years ago

April 24, 2021

हाजार्ड टोलीमा समावेश

एजेन्सी – रियल म्याड्रिडका केहि खेलाडी यो सिजन चोटग्रस्त रहे । त्यसमा एक हुन् इडन हाजार्ड । अहिले भने टोलीमा सुखद खबर आएको छ । हाजार्डले शुक्रबार टोलीका अन्य खेलाडीसँग प्रशिक्षण गरेका छन् । शनिबार ला लिगामा रियल बेटिसविरुद्ध हुने खेलमा टोलीमा रहने प्रशिक्षक जिनेदिन जिदानले प्रष्ट पारेका छन् । बेल्जियन स्टार मार्च १३ मा […]

40 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका केहि खेलाडी यो सिजन चोटग्रस्त रहे । त्यसमा एक हुन् इडन हाजार्ड । अहिले भने टोलीमा सुखद खबर आएको छ । हाजार्डले शुक्रबार टोलीका अन्य खेलाडीसँग प्रशिक्षण गरेका छन् ।

शनिबार ला लिगामा रियल बेटिसविरुद्ध हुने खेलमा टोलीमा रहने प्रशिक्षक जिनेदिन जिदानले प्रष्ट पारेका छन् । बेल्जियन स्टार मार्च १३ मा इल्चेविरुद्ध खेलेयता मैदान बाहिर रहँदै आएका छन् । मांशपेसीको चोटका कारण महिना दिन भन्दा लामो समय उनी मैदान बाहिर रहे । त्यसअघि पनि लामो समय चोट कारण उनी मैदान बाहिर रहेका थिए ।

चेल्सीका पूर्व विङ्गर पछिल्लो केहि सातादेखि अभ्यासमा रहेका थिए । तर जिदानले उनलाई छिटो मैदान उतार्न चाहेनन् । लिभरपुलविरुद्धको च्याम्पियन्स लिग क्वार्टरफाइनलको दोस्रो लेग, ला लिगामा एल क्लासिको, गेटाफे र काडिजविरुद्धको खेलमा उनलाई उतारेनन् ।

‘इडन हामीसँगै जानेछन्, उनी टोलीको सुचीमा छन्,’ जिदानले शुक्रबार प्रिम्याच कन्फ्रेन्समा भनेका थिए । ला लिगामा ३२ खेलपछि शीर्षस्थानको एट्लेटिको म्याड्रिडको ७३ , दोस्रो स्थानको रियलको ७० अंक छ । १ खेल कम खेलको बार्सिलोना ६८ अंकका साथ तेस्रो स्थानमा छ ।

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

Success

Thank you for your time.