default_image

3 years ago

April 25, 2021

एमबाप्पे चम्कदा पीएसजी शीर्षस्थानमा

एजेन्सी – फ्रेन्च फरवार्ड केलियन एमबाप्पेको दुई गोलसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा मेट्जलाई सहजै पराजित गरेको छ । पीएसजीले मेट्जलाई उसकै मैदानमा ३–१ ले हराएको हो । पीएसजीको जितमा एमबाप्पेले दुई गोल गर्दा मोउरो इकार्डीले एक गोल थपे । फाविन सेन्टोनजीको गोल सान्त्वना बन्यो । मेट्जको घरेलु मैदानमा शनिबार राति भएको […]

44 views

0 Bookmark

एजेन्सी – फ्रेन्च फरवार्ड केलियन एमबाप्पेको दुई गोलसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा मेट्जलाई सहजै पराजित गरेको छ ।

पीएसजीले मेट्जलाई उसकै मैदानमा ३–१ ले हराएको हो । पीएसजीको जितमा एमबाप्पेले दुई गोल गर्दा मोउरो इकार्डीले एक गोल थपे । फाविन सेन्टोनजीको गोल सान्त्वना बन्यो ।

मेट्जको घरेलु मैदानमा शनिबार राति भएको खेलको चौथो मिनेटमा नै केलियन एमबाप्पेको गोलबाट पीएसजीले अग्रता लिएको थियो । उनले एन्डर हेरेराको पासमा गोल गरेका थिए । ४६औं मिनेटमा फाविन सेन्टोनजीले फारिद बोउलायाको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

५९औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पनि दोस्रो गोल गर्दै पीएसजीलाई २–१ ले अघि बढाए । ८९औं मिनेटमा मोउरो इकार्डीले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीको जित सुनिश्चित गरे । डेलान ब्रुनले पेनाल्टी बक्समा इकार्डीमाथि फल गरेपछि प्राप्त पेनाल्टीमा इकार्डी आँफैले गोल गरेका थिए ।

जितसँगै पीएसजी ३३ खेलबाट ७२ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पीएसजीले एक खेल कम खेलेको लिललाई २ अंकले पछि पारेको छ । लिलको ७० अंक छ । पराजित मेट्ज ४३ अंक जोडेर १०औं स्थानमा रहेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.