default_image

3 years ago

April 25, 2021

चेल्सीको जित, लिभरपुल रोकियो

एजेन्सी – प्रिमियर लिगमा शनिबार चेल्सीले वेस्ट ह्याम युनाइटेड १–० को जित निकालेको छ । अर्को खेलमा लिभरपुल भने न्युक्यासलसँग १–१ को बराबरीमा रोकिएको छ । त्यस्तै आर्सनलले एभर्टनसँग १–० को हार बेहोरेको छ । जर्मन फरवार्ड टिमो वार्नरको गोलमा चेल्सीले जित निकालेको हो । बेन चिवेलको पासमा वार्नरले ४३ औं गोल गर्दै टोलीलाई महत्वपूर्ण […]

30 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिगमा शनिबार चेल्सीले वेस्ट ह्याम युनाइटेड १–० को जित निकालेको छ । अर्को खेलमा लिभरपुल भने न्युक्यासलसँग १–१ को बराबरीमा रोकिएको छ । त्यस्तै आर्सनलले एभर्टनसँग १–० को हार बेहोरेको छ ।

जर्मन फरवार्ड टिमो वार्नरको गोलमा चेल्सीले जित निकालेको हो । बेन चिवेलको पासमा वार्नरले ४३ औं गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाएका हुन् । फेब्रुअरी १५ पछि वार्नरले लिगमा पहिलो गोल गरेका हुन् । दोस्रो हाफको १० औं मिनेटमा वार्नरले गोलको अर्को मौका पाएका थिए । तर सफल हुन सकेनन् । उनको प्रहार पोष्ट नजिकबाट बाहिरएको थियो ।

वेस्ट ह्यामले १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो । फाबियान बालबुनाले ८१ औं मिनेटमा रातो कार्ड पाउँदै मैदान छाडेका थिए । लिगको शीर्ष चारमा पर्ने दौडलाई चेल्सीले थप बलियो बनाएको छ । चेल्सी तेस्रो स्थानको लेस्टर सिटीको भन्दा १ अंक कम छ । लेस्टरको ५९ र चौथो स्थानको चेल्सीको ५८ अंक छ । पाँचौंमा रहेको वेस्ट ह्यामको ५५ अंक छ ।

इन्जुरी समयमा जोय विलोकले गोल गरेपछि प्रिमियर लिगको साविक विजेता लिभरपुल १–१ बराबरीमा रोकिएको हो । जसले टोलीको अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावनालाई धक्का लागेको छ । बराबरीपछि लिभरपुल ५४ अंकका साथ छैटौं स्थानमा रहेको छ ।

मोहम्मद सालहको गोलमा तेस्रो मिनेटमै अग्रता लिएको लिभरपुलले अन्त्यमा त्यो अग्रतालाई जोगाउन सकेन । अर्को खेलको ७६ औं मिनेटमा ब्रेन्ड लेनाको आत्मघाती गोलमा आर्सनल एभर्टनसँग स्तब्ध भएको थियो । एभर्टन ५२ अकका साथ आठौं र ४६ अंक जोडेको आर्सनल नवौं स्थानमा छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.