default_image

3 years ago

April 25, 2021

विराटनगरले धनगढीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – धनगढी फुटबल क्लब नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत विराटनगर सिटि फुटबल क्लबसँग पराजित भएको छ । मिडफिल्डमा उच्च प्रदर्शन गरेको विराटनगरले ३-० को सहज जित दर्ता गर्दै ३ अंक जोडेको हो । पहिलो हाफमा विक्रम धिमालको गोलमा अग्रता लिएको विराटनगरले दोस्रो हाफमा २ गोल थपेको थियो । विराटनगरका लागि आडेलाजा सोमिडे […]

35 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – धनगढी फुटबल क्लब नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत विराटनगर सिटि फुटबल क्लबसँग पराजित भएको छ । मिडफिल्डमा उच्च प्रदर्शन गरेको विराटनगरले ३-० को सहज जित दर्ता गर्दै ३ अंक जोडेको हो ।

पहिलो हाफमा विक्रम धिमालको गोलमा अग्रता लिएको विराटनगरले दोस्रो हाफमा २ गोल थपेको थियो । विराटनगरका लागि आडेलाजा सोमिडे र सन्तोष तामाङले १-१ गोल गरे । भारतीय प्रशिक्षक यान लको नेतृत्वमा उत्रिएको विराटनगरले १६ औं मिनेटमा नै अग्रता लिएको थियो । पेनाल्टी क्षेत्रभित्र हुलमुलको स्थितिमा विक्रमले गरेको प्रहार गोलमा परिणत भएको थियो ।

पहिलो हाफमा धनगढीले उच्च प्रदर्शन गरेपनि गोल भने गर्न सकेन । दोस्रो हाफमा विराटनगरले सुदृढ डिफेन्स गर्दै आक्रमणलाई निरन्तरता दियो । ५७ औं मिनेटमा आडेलाजाले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसको १२ मिनेटपछि नै सन्तोषले कमजोर डिफेन्सको फाइदा उठाउँदै अग्रता तेब्बर पारे । यस जितसँगै विराटनगर ३ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ ।

धनगढीका प्रशिक्षक युगलकिशोर राईले टोलीले स्वभाविक प्रदर्शन गर्न नसकेको स्वीकारे । ‘हामीले आक्रमण र डिफेन्स दुवैमा राम्रो खेल्न सकेनौं । पहिलो खेल भएको कारण पनि लय पक्डन केहि कठिन भएको हुनुपर्छ । दोस्रो खेलमा सुधार गर्नेमा विश्वस्त छु,’ उनले भने, ‘पहिलो खेलबाट नै यसको गल्ति भनेर औंल्याउन सकिदैन ।’

यता विराटनगरका प्रशिक्षक लले जित हासिल गरेपनि सुधार गर्ने स्थान रहेको प्रतिक्रिया दिए । ‘सुधार गर्ने धेरै ठाउँ छ । हामीले आज सबै पक्षमा राम्रो पदर्शन गर्यौं तर आउने दिनमा अझ राम्रो गर्नुपर्छ । विशेषगरी आक्रमणमा समन्वय बढाउनुपर्छ,’ उनले भने । प्रशिक्षक लले खेल दिउँसो घामको समयमा भएकाले पनि खेलाडीको फिटनेसमा केहि समस्या परेको बताए ।

आइतबार नै दोस्रो खेलमा बुटवल लुम्बिनी र पोखरा थन्डर्सले खेल्नेछन् ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.