default_image

3 years ago

April 25, 2021

पोखराविरुद्ध बुटवल लुम्बिनीको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – बुटवल लुम्विनी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा पहिलो हाफमा पोखरा थन्डर्सविरुद्ध १–० को अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा अर्मान्ड वियडुअमले गोल गर्दै बुटवल लुम्विनीलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका हुन् ।उनले खेलको ४२औं मिनेटमा गोल गरेका थिए । मैदानको मध्यभागबाट मान बहादुर परियारको […]

37 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बुटवल लुम्विनी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा पहिलो हाफमा पोखरा थन्डर्सविरुद्ध १–० को अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा अर्मान्ड वियडुअमले गोल गर्दै बुटवल लुम्विनीलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका हुन् ।उनले खेलको ४२औं मिनेटमा गोल गरेका थिए । मैदानको मध्यभागबाट मान बहादुर परियारको फ्रिकिकलाई डि बक्समा अनमार्क रहेका अर्मान्डको फ्रि हेडर अजित भण्डारीलाई लाग्दै गोलमा परिणत हुदा पोखराका गोलरक्षक दिप कार्कीले रोक्ने कुनै मौका नै पाएनन्

खेलको दोस्रो मिनेटमा नै अर्मान्ड वियडुअमले वान भर्सेस वानको अवस्थामा बललाई नियन्त्रणमा लिन नसक्दा बुटवल लुम्बिनी एफसी अग्रता लिनबाट चुक्यो । १२औं मिनेटमा पोखरा थन्डर्सका नितिन थापाको पेनाल्टी बक्सबाहिरको प्रहार आकासियो ।

१४औं मिनेटमा नवयुग श्रेष्ठले काउन्टर एट्याकमा बल अघि बढाउँदै गर्दा अघि बढेका बुटवल लुम्बिनीका गोलरक्षक विशाल श्रेष्ठले उनीमाथि पेनाल्टी बक्सबाहिर फल गर्न पुगेका थिए । उक्त फ्रिकिलाई नितिनले सदुपयोग गर्न सकेन । २३औं मिनेटमा नवयुग श्रेष्ठको पेनाल्टी बक्सभित्रको प्रहार दोस्रो बार नजिकैबाट बाहिरिदा पोखरा थन्डर्स अग्रता लिनबाट चुक्यो ।

२५औं मिनेटमा नवयुग श्रेष्ठको पासमा नितिन थापाको लेफ्ट फुटेट सट पोस्टमाथिबाथ थोरै आकासिदा पोखराले अग्रता लिन सकेन । २८औं मिनेटमा रविन श्रेष्ठले रवि शंकर पासवानलाई लडाएपछि प्राप्त फ्रिकिकमा राजेश परियारको प्रहार पोस्टको थोरै माथिबाट बाहिरियो । ४२औं मिनेटमा अमिर श्रेष्ठको झन्डै ३० यार्ड टाढाको प्रहार आकासिएको थियो । त्यसको एक मिनेट पछि नै बुटवल लुम्विनीले अर्मान्डको गोलबाट अग्रता लिएको हो ।

पोखरा थन्डर्सले बढी आक्रमण बुनेपनि फिनिसिङ गर्न सकिरहेका छैनन् ।दोस्रो हाफ केहीवेरमा शुरु हुनेछ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.