default_image

3 years ago

April 25, 2021

युनाइटेड र लिड्सको बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र लिड्स युनाइटेडले प्रिमियर लिगमा गोलरहित बराबरी खेलेका छन् । युनाइटेडको बराबरीपछि म्यानचेस्टर सिटीले अर्को साता प्रिमियर लिग जित्ने सम्भावना बनेको छ । लिगमा पाँच खेल बाँकी रहँदा दोस्रो स्थानको युनाइटेडेको ६७ अंक पुगेको छ । जुन शीर्षस्थानको म्यानचेस्टर सिटीको भन्दा १० अंक कम हो । अर्को साता उपाधि जित्नका लागि […]

33 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेड र लिड्स युनाइटेडले प्रिमियर लिगमा गोलरहित बराबरी खेलेका छन् । युनाइटेडको बराबरीपछि म्यानचेस्टर सिटीले अर्को साता प्रिमियर लिग जित्ने सम्भावना बनेको छ ।

लिगमा पाँच खेल बाँकी रहँदा दोस्रो स्थानको युनाइटेडेको ६७ अंक पुगेको छ । जुन शीर्षस्थानको म्यानचेस्टर सिटीको भन्दा १० अंक कम हो । अर्को साता उपाधि जित्नका लागि सिटीले क्रिस्टल प्यालेसलाई हराउन पर्नेछ भने युनाइटेड लिभरपुलसँग पराजित हुनुपर्ने हुन्छ । ड्सविरुद्धको खेलमा नियन्त्रण बनाएपछि युनाइटेडले गोल गर्न भने सकेन । बराबरीपछि लिड्स भने ४७ अंकका साथ नवौं स्थानमा छ ।

त्यसअघि आइतबारकै अर्को खेलमा बनर्लीले वल्भरह्याम्टनलाई ४–० ले हराएको छ । बनर्लीलाई जित दिलाउन क्रिस उडले पहिलो हाफमै ह्याट्रिक पूरा गरेका थिए । पहिलो गोल १५ औं मिनेटमा गरेका उडले त्यसको ६ मिनेटपछि अर्को गोल गरे ।

पहिलो हाफका लागि एक मिनेट बाँकी रहँदा अर्को गोल गर्दै उडले ह्याट्रिक पूरा गरे । टोलीका लागि चौथो गोल ८५ औं मिनेटमा एस्ले वेष्टउडले गरे । त्यसमा उडकै सहयोग रहेको थियो । जितपछि बनर्लीको ३६ अंक पुगेको छ र टोली १४ औं स्थानमा छ । ४१ अंकसहित वल्भरह्याम्टनको ४१ अंक छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.