default_image

3 years ago

April 26, 2021

शीर्षस्थानको एट्लेटिकोको हार

एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले हार बेहोरेको छ । एट्लेटिको म्याड्रिड एथलेटिको बिल्वाओसँग २–१ ले पराजित भएको हो । एट्लेटिकोको हारसँगै ला लिगाको उपाधि होड थप रोमाञ्चक र खुल्ला बनेको छ । यस सिजनको ला लिगाको उपाधि दौडमा एट्लेटिकोसँगै रियल म्याड्रिड, बार्सिलोना र सेभिया देखिएका छन् । यि चार टोलीबीच मात्रै […]

50 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले हार बेहोरेको छ । एट्लेटिको म्याड्रिड एथलेटिको बिल्वाओसँग २–१ ले पराजित भएको हो ।

एट्लेटिकोको हारसँगै ला लिगाको उपाधि होड थप रोमाञ्चक र खुल्ला बनेको छ । यस सिजनको ला लिगाको उपाधि दौडमा एट्लेटिकोसँगै रियल म्याड्रिड, बार्सिलोना र सेभिया देखिएका छन् । यि चार टोलीबीच मात्रै ३ अंकको अन्तर छ । बार्सिलोनाले एक खेल कम खेलेको छ ।

हारपछि एट्लेटिकोको ३३ खेलबाट ७३ अंक छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ७१ अंक छ । समान ७१ अंक भएपनि एक खेल कम खेलेको बार्सिलोना हेड टु हेडमा तेस्रो स्थानमा रहँदा सेभिया ७० अंक जोडेर शीर्ष चारमा रहँदै उपाधि होडलाई जीवितै राखेका छन् । एट्लेटिकोलाई हराएको बिल्वाओ ३२ खेलबाट ४१ अंक जोडेर १०औं स्थानमा छ ।

सान मामेस बार्रिया बिल्वाओमा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा एलेक्स बेरेनगुएर र इनिगो मार्टिनेजले गोल गरे । एट्लेटिकोका स्टेफन साभिकले एक गोल फर्काए । खेलको आठौं मिनेटमा नै एलेक्स बेरेनगुएरको गोलबाट बिल्वाओले अग्रता लिएको थियो । उनले एन्डर कापाको क्रस डिफ्लेक्ट भएर आएपछिको अवस्थामा हेडरमार्फत गोल गर्न सफल भएका थिए ।

प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको ७७औं मिनेटमा एट्लेटिकोले बराबरी गोल फर्कायो । स्टेफन साभिकले यान्निक कारास्कोको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । तर, शीर्षस्थानको एट्लेटिकोको त्यो बराबरी लामो समय टिकेन । ८६औं मिनेटमा इनिगो मार्टिनेजले इवाई गोमेजको पासमा गोल गर्दै बिल्वाओलाई २–१ को जित दिलाउँदा एट्लेटिकोलाई उपाधि होडमा नमिठो झट्का दिलाए ।

यो हारसँगै एट्लेटिकोले शीर्षस्थानमा ५ अंकको अग्रता लिने अवसर गुमाएको छ । बार्सिलोनाले भिल्लारियललाई २–१ ले हराउँदा बार्सिलोना रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएपछि उपाधि होड थप खुल्ला बनेको हो ।

ला लिगाकै अर्काे खेलमा सेभियाले ग्रानडालाई २–१ ले पराजित गर्दै शीर्ष चारको स्थानलाई थप मजवुत बनाउँदा उपाधि होडमा पनि उभिएको छ । सेभियाको ३३ खेलबाट ७० अंक पुगेको छ । ३२ खेलबाट ग्रानडा ४२ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

सेभियाको जितमा इभान राकिटिच र लुकास ओकम्पासले गोल गरे । ग्रानडाका रोबर्टाे सोल्डाडोले एक गोल फर्काए ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.