default_image

3 years ago

April 26, 2021

पीएसजीलाई पछि पार्दै लिल शीर्षस्थानमा

एजेन्सी – दुई गोलले पछि परेको स्थिति उल्ट्याउँदै लिलले लियोनमाथि पूनरागमन जित निकाल्दै फ्रेन्च लिग वानको शीर्षस्थानमा उक्लिएको छ । लिलले लियोनमाथि ३–२ को पूनरागमन जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पछि पार्दै लिग वानको शीर्षस्थानमा फर्किएको हो ।लिलको पूनरागमन जितमा बुराक यिल्माजले दुई तथा जोनाथन डााभिडले एक गोल गरे । घरेलु टोलीका इस्लाम […]

61 views

0 Bookmark

एजेन्सी – दुई गोलले पछि परेको स्थिति उल्ट्याउँदै लिलले लियोनमाथि पूनरागमन जित निकाल्दै फ्रेन्च लिग वानको शीर्षस्थानमा उक्लिएको छ ।

लिलले लियोनमाथि ३–२ को पूनरागमन जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पछि पार्दै लिग वानको शीर्षस्थानमा फर्किएको हो ।लिलको पूनरागमन जितमा बुराक यिल्माजले दुई तथा जोनाथन डााभिडले एक गोल गरे । घरेलु टोलीका इस्लाम स्लिमानीले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

लियोनको मैदानमा आइतबार राति भएको खेलमा घरेलु टोलीले खेलको २०औं मिनेटमा इस्लाम स्लिमानीको गोलबाट अग्रता लिएको थियो । उनले म्याक्सइनसेको पासमा गोल गरेका थिए । ३५औं मिनेटमा जोश फोन्टेले आत्मघाती गोल गरेपछि लियोन २–० ले अघि बढेको थियो ।

पहिलो हाफमा इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा बुराक यिल्माजले गोल गर्दै लिललाई खेलमा फर्काउने संकेत दिए । ६०औं मिनेटमा जोनाथन डाभिडले बुराक यिल्माजको पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ८५औं मिनेटमा बुराकले युसुफ याजिसीको पासमा गोल गर्दै लिललाई ३–२ को पूनरागमन जित दिलाए ।

जितसँगै लिल ३४ खेलबाट ७३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान खेलबाटै पीएसजीको ७२ अंक छ । पराजित लियोन ६७ अंक जोडेर शीर्ष चारमा यथावत रहेको छ ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.