default_image

3 years ago

April 26, 2021

आहा ! रारा गोल्डकपका सर्वोत्कृष्ट राजाबाबुलाई स्कुटर हस्तान्तरण

पोखरा (हाम्रो खेलकुद) – आहा ! रारा गोल्डकपका संकटा क्लबका गोलकिपर सर्वोत्कृष्ट खेलाडी राजाबाबु थापालाई स्कूटर हस्तान्तरण गरिएको छ । सहारा क्लब पोखराको आयोजनामा चैत २८ गते सम्पन्न १९ औं संस्करणको आहा ! रारा गोल्डकपका सर्वोत्कहृष्ट राजाबाबुलाई सोमबार अप्रिला स्कुटर हस्तान्तरण गरिएको हो । पोखरामा अप्रिलाका अधिकृत बिक्रेता सिताज लाइफ स्टाइलका प्रबन्ध निर्देशक अनुजकुमार बास्तोलाले […]

49 views

0 Bookmark


पोखरा (हाम्रो खेलकुद) – आहा ! रारा गोल्डकपका संकटा क्लबका गोलकिपर सर्वोत्कृष्ट खेलाडी राजाबाबु थापालाई स्कूटर हस्तान्तरण गरिएको छ । सहारा क्लब पोखराको आयोजनामा चैत २८ गते सम्पन्न १९ औं संस्करणको आहा ! रारा गोल्डकपका सर्वोत्कहृष्ट राजाबाबुलाई सोमबार अप्रिला स्कुटर हस्तान्तरण गरिएको हो ।

पोखरामा अप्रिलाका अधिकृत बिक्रेता सिताज लाइफ स्टाइलका प्रबन्ध निर्देशक अनुजकुमार बास्तोलाले राजाबाबुलाई स्कुटर हस्तान्तरण गरेका हुन् । कार्यक्रममा क्लबका अध्यक्ष केशवबहादुर थापा, पूर्व अध्यक्ष विक्रम थकाली, प्रथम उपाध्यक्ष हरिराम गुरुङ (सुरज) लगायतको उपस्थिति थियो ।

अप्रिला स्ट्रोम १२५ को बजार मूल्य २ लाख ४६ हजार ९ सय रुपैयाँ रहेको बताइएको छ । कम्पनीले स्कुटरमा लाग्ने कर छुट समेत गरी हस्तान्तरण गरेको जनाइएको छ । पोखरा रंगशालामा भएको आहा गोल्डकपमा अफ्रिकन रुट एसोसिएसन (एआरए) लाई हराउँदै संकटाले उपाधि जितेको थियो ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.