default_image

3 years ago

April 27, 2021

मिलानको लज्जास्पद हार

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एसी मिलानले लाजियोसँग लज्जास्पद हार बेहारेको छ । मिलानले लाजियोसँग ३–० को हार बेहोरेको हो । स्टेडियो ओलम्पिको रोमामा सोमबार राति भएको खेलमा लाजियोको सहज जितमा जोआक्विन कोरेआले दुई तथा सिरो इमोविलेले एक गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो । घरेलु […]

41 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एसी मिलानले लाजियोसँग लज्जास्पद हार बेहारेको छ । मिलानले लाजियोसँग ३–० को हार बेहोरेको हो ।

स्टेडियो ओलम्पिको रोमामा सोमबार राति भएको खेलमा लाजियोको सहज जितमा जोआक्विन कोरेआले दुई तथा सिरो इमोविलेले एक गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो ।

घरेलु मैदानमा लाजियोले खेलको दोस्रो मिनेटमा नै जोआक्विन कोरेआको गोलबाट अग्रता लिएको थियो । उनले सिरो इमोविलेको पासमा गोल गरेका थिए । ४३औं मिनेटमा म्यानुएल लाजारीले गोल गरेपनि भिएआरबाट गोलले मान्यता पाएन । उनी भिएआरमा अफसाइड ठहरिएका थिए ।

५१औं मिनेटमा जोआक्विन कोरेआले व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गर्दै लाजियोको अग्रता दोब्बर पारे । ८७औं मिनेटमा सिरो इमोविलेले म्यानुएल लाजारीको पासमा गोल गर्दै मिलानलाई ३–० को हार चखाए ।

यो हारपछि मिलानले दोस्रो स्थानमा उक्लने अवसर गुमाउँदा पाँचौ स्थानमा रहेको छ । जित निकाल्न सकेको भए मिलानले एटलान्टा, नेपोली र युभेन्टसलाई पछि पार्ने थियो । नेपोली र युभेन्टससँग समान ६६ अंक भएपनि मिलान गोल अन्तरमा पछि परेको हो ।

जितपछि लाजियो ३२ खेलबाट ६१ अंक जोडेर छैटौं स्थानमा यथावत रहेको छ । शीर्षस्थानको इन्टर मिलानको ७९ तथा दोस्रो स्थानको एटलान्टाको ६८ अंक छ ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.