default_image

3 years ago

April 27, 2021

लेस्टरको पूनरागमन जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले क्रिस्टल प्यालेसमाथि २–१ को पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा लेस्टरले एक गोलले पछि परेको अवस्थामा जित निकाल्न सफल भएको हो । लेस्टरको जितमा टिमोथी कास्टाग्ने र केलिची इहानाचोले गोल गरे । क्रिस्टल प्यालेसका विलफ्रेइड जाहाको गोल सान्त्वना बन्यो । किङ पावर स्टेडियममा सोमबार राति भएको खेलमा […]

28 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले क्रिस्टल प्यालेसमाथि २–१ को पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा लेस्टरले एक गोलले पछि परेको अवस्थामा जित निकाल्न सफल भएको हो ।

लेस्टरको जितमा टिमोथी कास्टाग्ने र केलिची इहानाचोले गोल गरे । क्रिस्टल प्यालेसका विलफ्रेइड जाहाको गोल सान्त्वना बन्यो । किङ पावर स्टेडियममा सोमबार राति भएको खेलमा पाहुना टोली क्रिस्टल प्यालेसले खेलको १२औं मिनेटमा वेलफ्रेइड जाहाको गोलबाट उनले इवेरेची इजीको पासमा गोल गरेका थिए ।

पहिलो हाफमा १–० ले पछि परेको घरेलु टोली लेस्टरले दोस्रो हाफमा दुई गोल गर्दै जित निकाल्न सफल भयो । ५०औं मिनेटमा टिमोथी कास्टाग्नेले केलिची इहानाचोको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ८०औं मिनेटमा जोन इभान्सको पासमा केलिचीले गोल गर्दै लेस्टरलाई २–१ को जित पक्का गरे ।

जितसँगै लेस्टर ३३ खेलबाट ६२ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । पराजित क्रिस्टल प्यालेस ३८ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.