default_image

3 years ago

April 28, 2021

रियल म्याड्रिड र चेल्सीको बराबरी

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब चेल्सीले बराबरी खेलेका छन् । रियलले एक गोलले पछि परेको अवस्थामा चेल्सीसँग १–१ गोलको बराबरी खेलेको हो । रियलको मैदान अल्फ्रेडो डि स्टेफानोमा मंगलबार राति भएको खेलमा चेल्सीका क्रिस्टियन पुलिसिसले गोल गर्दा रियलका करिम बेन्जेमाले बराबरी गोल फर्काएका थिए । […]

63 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब चेल्सीले बराबरी खेलेका छन् ।

रियलले एक गोलले पछि परेको अवस्थामा चेल्सीसँग १–१ गोलको बराबरी खेलेको हो । रियलको मैदान अल्फ्रेडो डि स्टेफानोमा मंगलबार राति भएको खेलमा चेल्सीका क्रिस्टियन पुलिसिसले गोल गर्दा रियलका करिम बेन्जेमाले बराबरी गोल फर्काएका थिए । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।

खेलको १०औं मिनेटमा टिमो वेर्नरको हाफ भली प्रहारलाई रियलका गोलरक्षक थिवाउट कोर्टुवाले उत्कृष्ट बचाउ गर्दा चेल्सी अग्रता लिनबाट चुक्यो । खेलको १४औं मिनेटमा क्रिस्टियन पुसिसिसको गोलबाट चेल्सीले घरेलु टोलविरुद्ध १–० को अग्रता लिएको थियो । उनले एन्टेनियो रुडिगरको पासमा गोलरक्षक अघि बढेको अवस्थामा पोस्टमा दुई डिफन्डर बीचबाट गोल गरेका थिए ।

२३औं मिनेटमा करिम बेन्जेमाको प्रहार पोस्टमा लागेर बाहिरिदा रियल बराबरीबाट चुक्यो । २९औं मिनेटमा बेन्जेमाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । मार्सेलोको क्रसमा क्यासमिरो र इडर मिलिसाओले हेडरमार्फत मिलाइदिएको पासमा बेन्जेमाले गोल गर्न सफल भएको थियो ।

४८औं मिनेटमा टिमो वेर्नरको प्रहारलाई ब्राजिली डिफेन्डर इडर मिलिसाओले ब्लक गर्दै रियलको संकट टारे । ७९औं मिनेटमा हाकिम जियाचको प्रहारलाई कोर्टुवाले सहजै नियन्त्रणमा लिए । ८८औं मिनेटमा टोनी क्रुसको झन्डै २५ यार्ड टाढाको प्रहार एङ्गोलो कान्टेलाई डिफ्लेक्ट हुदै बाहिरिदा रियल अग्रता लिनबाट चुक्यो । लगत्तै क्रुसकै कर्नरमा राफयल भरानको हेडरलाई बेन चिलवेलले बचाए ।

इडेन हाजार्डले आफ्नो पुर्व क्लबविरुद्ध खेलेपनि सोचेअनुरुपको प्रदर्शन गर्न सकेनन् । उनी ६६ औं मिनेटमा भिनिसियस जुनियरएको स्थानमा मैदान छिरेका थिए ।

यो बराबरीसँगै दुवै टोलीको फाइनल पुग्ने सम्भावना रहँदा चेल्सीलाई अवे गोलको फाइदा हुनेछ । दोस्रो लेगमा यही यही नतिजा कायम राख्न सके चेल्सी फाइन्लमा प्रवेश गर्नैछ । रियललाई कम्तीमा पनि १–० को जितको खाँचो छ । दोस्रो लेग चेल्सीको मैदानमा ६ मेमा हुनेछ ।

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.