default_image

3 years ago

April 28, 2021

एन्जेलो ग्याब्रिएल : १६ वर्षमै पेले र नेयमारको रेकर्ड तोड्दै

एजेन्सी – ब्राजिलियन क्लब सान्तोसले विश्व फुटबलमा पेले र नेयमारजस्ता स्टार फुटबलरलाई जन्म दियो । त्यसै स्थानमा फेरी अर्को प्रतिभाको जन्म भएको छ । सान्तोसले १६ वर्षीय फरवार्ड एन्जेलो ग्याब्रिएलको रुपमा विश्व फुटबलमा अर्को सनसनी मच्चाउने देखिएको छ । ग्याब्रिएलले दक्षिण अमेरिकाको सर्वोच्च क्लब प्रतियोगिता कोपा लिबर्टाडोरेसको इतिहासमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान आफ्नो […]

67 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन क्लब सान्तोसले विश्व फुटबलमा पेले र नेयमारजस्ता स्टार फुटबलरलाई जन्म दियो । त्यसै स्थानमा फेरी अर्को प्रतिभाको जन्म भएको छ । सान्तोसले १६ वर्षीय फरवार्ड एन्जेलो ग्याब्रिएलको रुपमा विश्व फुटबलमा अर्को सनसनी मच्चाउने देखिएको छ ।

ग्याब्रिएलले दक्षिण अमेरिकाको सर्वोच्च क्लब प्रतियोगिता कोपा लिबर्टाडोरेसको इतिहासमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान आफ्नो नाम गरिसकेका छन् । पछिल्लो समय उनको नाम रियल म्याड्रिड र लिभारौलसँग पनि जोडिन थालेको छ । ग्याब्रिएलले क्लबको सिनियर टोलीका लागि पेले, नेयमार र रोड्रीगो भन्दापनि कम उमेरमा डेब्यु गरेका हुन् ।

एन्जेलोलाई लिएर दक्षिण अमेरिकी फुटबलमा उनको डेब्यु अघि नै चर्चा थियो । सान लोरेन्जोविरुद्ध कोपा लिबर्टाडोरेसमा गोल गरेपछि उनले आफ्नो नाम इतिहासमा दर्ता गराए । १६ वर्ष १ सय ५ दिनको उमेरमा गोल गर्दै उनले ५९ वर्ष पुरानो कीर्तिमान तोडेका थिए । ९ वर्षको उमेरदेखि सान्तोसको एकेडेमीमा हुर्केका उनले आफ्नो स्तर सिद्ध गर्दै विश्व फुटबलमै तहल्का मच्चाउने संकेत दिएका छन् ।

सन् २००४ डिसेम्बरमा जन्मिएका एन्जेलोले सानो उमेरदेखि नै बल कन्ट्रोल र बलसँग अघि बढ्दा राम्रो गति लिन सक्ने क्षमता विकास गरे । उनलाई ब्राजिलका अन्य क्लबले अनुबन्धन गर्ने प्रयास गरेपनि सान्तोस नै उनको रोजाई बन्यो । एन्जेलोका पहिला प्रशिक्षक बेटिन्होले उनलाई पहिलो पटक हेर्दा नै अरुभन्दा निकै फरक पाएको अभिव्यक्ति दिए ।

क्लबको युवा टोलीमा छोटो समयमा नै स्थान बनाएका उनले सिनियर टोलीबाट खेल्न पनि लामो प्रतिक्षा गर्नु परेन । अक्टोबर २०२० मा सिनियर टोलीमा परेका उनले फ्लुमिनेन्सेविरुद्ध डेब्यु गरे । १५ वर्ष ३ सय ८ दिनको उमेरमा मैदान प्रवेश गर्दै उनी ब्राजिलको राष्ट्रिय प्रतियोगिता खेल्ने कान्छा खेलाडी बने । उनले पेलेको कीर्तिमानलाई ११ दिनले पछि पारे ।

पहिलो सिजनमा ८ खेलमा सहभागिता जनाएका एन्जेलोले नयाँ प्रशिक्षक आएपछि थप अवसर पाएका छन् । उनले सान्तोसले खेलेका १४ मध्य ९ खेलमा पहिलो रोजाइमा खेलेका छन् । सान्तोसले एन्जेलोको १६ औं जन्मदिनपछि गरेको सम्झौता अनुसार उनको रिलिज कलज अहिले ६० मिलियन युरो रहेको छ ।

युरोपका ठूला टोलीले उनलाई अनुबधन गर्ने हो भने ठूलो मूल्य तिर्नुपर्ने अवस्था छ । एन्जेलोको सान्तोससँग २०२३ सम्म सम्झौता छ । यसअघि नेयमारले युरोप जानुअघि सान्तोसमै केहि समय बिताए जस्तै एन्जेलो पनि त्यसै गरुन् भन्ने क्लब चाहन्छ ।

नेयमारभन्दा अघि नै क्लबको सिनियर टोलीबाट खेल्दै प्रभाव जमाएका एन्जेलो अहिलेको अवस्थामा नै नेयमारभन्दा महँगो बन्ने प्रष्ट देखिन्छ । सफलताका हिसाबमा उनी कहाँ पुग्छन्, त्यो भने समयले नै बताउनेछ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.