default_image

3 years ago

April 30, 2021

बेन्जेमाले गरे राउलको कीर्तिमान बराबर

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ताको सुचीमा चौथो स्थानमा रहेका राउल गोन्जालेजसँगको गोलसंख्या बराबरी गरेका छन् । मंगलबार राति इंग्लिस क्लब चेल्सीविरुद्धको च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा एक गोल गरेपछि बेन्जेमा सर्वाधिक गोलकर्ताको सुचीमा चौथो स्थानमा अटाएका हुन् । उनले रियल म्याड्रिडकै पुर्व स्पेनिस फरवार्ड राउल गोन्जालेजसँगको […]

54 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ताको सुचीमा चौथो स्थानमा रहेका राउल गोन्जालेजसँगको गोलसंख्या बराबरी गरेका छन् ।

मंगलबार राति इंग्लिस क्लब चेल्सीविरुद्धको च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा एक गोल गरेपछि बेन्जेमा सर्वाधिक गोलकर्ताको सुचीमा चौथो स्थानमा अटाएका हुन् । उनले रियल म्याड्रिडकै पुर्व स्पेनिस फरवार्ड राउल गोन्जालेजसँगको गोलको कीर्तिमान बराबरी गर्दै संयुक्त रुपमा चौथो स्थान रहेका हुन् ।

राउलले १४२ खेलमा ७१ गोल गरेका थिए । बेन्जेमाले १२६ खेलमा राहुलको कीर्तिमानलाई भेट्टाएका हुन् । ३३ वर्षीय बेन्जेमा सर्वाधिक गोलकर्ताको सुचीमा तेस्रो स्थानमा रहेका रोबर्ट लेवान्डोस्कीभन्दा २ गोलले मात्रै पछि छन् ।

raul real

च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ताको सुचीको शीर्षस्थानमा पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका क्रिस्टियानो रोनाल्डो रहेका छन् । उनले १७५ खेलमा १३४ गोल गरेका छन् । दोस्रो स्थानमा रहेको अर्जेन्टिना तथा क्याटलान क्लब बार्सिलोनाका लियोनेल मेस्सीले १४९ खेलमा १२० गोल गरेका छन् ।

तेस्रो स्थानमा रहेको पोलिस तथा जर्मन क्लब बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीले ९६ खेलमा ७३ गोल गरेका छन् । २००९ मा फ्रेन्च क्लब लियोनबाट रियल आएका बेन्जेमाले रियलबाट चारपटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.