default_image

3 years ago

April 28, 2021

नेयमारको ध्यान पिएसजीमै

एजेन्सी – म्यानचेस्टर सिटीविरुद्ध हुने च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेग अघि पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार नेयमारले सो खेल र आफ्नो भविष्यका बारेमा बोलेका छन् । ब्राजिलियन स्टारले फ्रान्समा आफू निकै खुसीकासाथ जीवन विताई रहेको पटक पटक बताउँदै आएका छन् । पिएसजीसँगको नयाँ सम्झौताका विषयमा छलफल भइरहेको पनि उनले दोहोराएका छन् । उनको नाम […]

64 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटीविरुद्ध हुने च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेग अघि पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार नेयमारले सो खेल र आफ्नो भविष्यका बारेमा बोलेका छन् ।

ब्राजिलियन स्टारले फ्रान्समा आफू निकै खुसीकासाथ जीवन विताई रहेको पटक पटक बताउँदै आएका छन् । पिएसजीसँगको नयाँ सम्झौताका विषयमा छलफल भइरहेको पनि उनले दोहोराएका छन् । उनको नाम यसअघि पटक पटक बार्सिलोनासँग जोडिंदै आएकोमा उनले त्यसबारे भने खुलेर बोलेका छैनन् ।

‘मैले यसअघि पनि भनेको थिए । म पेरिसमा खुसी छु,’ उनले भनेका छन्, ‘हामी पिएसजीका बारेमा सोच्छौं । राम्रो लाग्छ । खुसी लाग्छ ।’
बुधबार सिटीसँग हुने खेलका बारेमा उनले सिटीबाट सचेत रहनुपर्ने बताएका छन् । यद्दपी पिएसजी विश्वकै उत्कृष्टमध्येको भएको बताएका छन् ।

‘खेल कठीन हुनेछ । म्यानचेस्टर सिटी शीर्ष टोली हो’, उनले भने,‘ पिएसजी विश्वका उत्कृष्ट मध्येको उत्कृष्ट हो । गत सिजन हामी फाइनल पुगेका थियौं । आशा छ यो वर्ष हामी च्याम्पियन्स लिग जित्नेछौं । हामी त्यसका लागि प्रयासरत छौं ।’

पिएसजीको सफलता नेयमार र केलियन एमबाप्पेमा धेरै निर्भर हुन्छ । उनीहरुबीचको सम्बन्ध पनि राम्रो रहँदै आएको छ । ‘एमबाप्पे र हामी नजिक छौं’, उनले भने,‘ उनी उत्कृष्ट खेलाडी र व्यक्तित्व हुन् ।’

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.