default_image

3 years ago

April 28, 2021

पहिलो हाफ– विराटनगर र पोखराको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर सिटी एफसी र पोखरा थन्डर्सले पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा बल पोसेसनमा पकड बनाएपनि पोखरा थन्डर्सले गोल गर्न सकिरहेका छैनन् । खेलको ११औं मिनेटमा मौसा अब्बाले वान भर्सेस वानको अवस्थामा गरेको प्रहार आकासिदा पोखरा […]

55 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर सिटी एफसी र पोखरा थन्डर्सले पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा बल पोसेसनमा पकड बनाएपनि पोखरा थन्डर्सले गोल गर्न सकिरहेका छैनन् । खेलको ११औं मिनेटमा मौसा अब्बाले वान भर्सेस वानको अवस्थामा गरेको प्रहार आकासिदा पोखरा थन्डर्स अग्रता लिनबाट चुक्यो ।

अघिल्लो खेलमा धनगढीलाई ३–० ले हराएको विराटनगरले पोखराविरुद्ध गतिलो आक्रमण बुन्न सकेको छैन । ४४औं मिनेटमा पेड्रो मान्जीले गोलरक्षक दिप कार्कीलाई बिट गर्दै गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा विराटनगर अग्रता लिनबाट चुक्यो । दोस्रो हाफ केहीवेरमा शुरु हुनेछ ।

पोखरा पहिलो जितको खोजीमा रहँदा विराटनगर लगातार दोस्रो जित खोजीमा रहेको छ । पोखरा अंकविहीन छ । पोखरालाई हराउन सके विराटनगर शीर्षस्थानमा उक्लनेछ । विराटनगरको ३ अंक छ ।

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

Success

Thank you for your time.