default_image

3 years ago

April 29, 2021

पिएसजीलाई पहिलो हाफमा अग्रता

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले म्यानचेस्टर सिटीविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । पिएसजीले कप्तान मार्किन्हसको गोलमा १-० को अग्रता लिएको हो । खेलको १५ औं मिनेटमा नै घरेलु टोली पिएसजी अघि बढेको हो । एन्जल डी मारियाको कर्नरमा मार्किन्हसले हेडरमार्फत गोल गर्दै फ्रान्सेली टोलीलाई अग्रता […]

45 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले म्यानचेस्टर सिटीविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । पिएसजीले कप्तान मार्किन्हसको गोलमा १-० को अग्रता लिएको हो ।

खेलको १५ औं मिनेटमा नै घरेलु टोली पिएसजी अघि बढेको हो । एन्जल डी मारियाको कर्नरमा मार्किन्हसले हेडरमार्फत गोल गर्दै फ्रान्सेली टोलीलाई अग्रता दिलाएका थिए । अग्रता लिनुभन्दा दुई मिनेटअघि मात्र नेयमारले एकल प्रयासमा बढाएको आक्रमणलाई गोलरक्षक एडरसनले विफल पारेका थिए ।

२१ औं मिनेटमा बर्नार्डो सिल्भाको प्रहारलाई गोलरक्षक केलर नाभासले विफल पार्दै अग्रता जोगाएका थिए । २८ औं मिनेटमा नेयमारको कर्नरमा लिआन्द्रो पारेडेसको हेडर पोस्टभन्दा थोरैले माथि जाँदा पिएसजी अग्रता दोब्बर पार्नबाट चुक्यो । ३३ औं मिनेटमा सिटीले आक्रमण बुनेपनि पारेडेसले फिल फोडेनको प्रहार रोक्न सफल रहे ।

पहिलो हाफको ३ मिनेट बाँकी रहँदा सिटीले खेल बराबरी गर्ने सुवर्ण अवसर खेर फाल्यो । फोडेनले पेनाल्टी क्षेत्रभित्र पाएको अवसरलाई गोलरक्षक नाभासले उत्कृष्ट बचाउ गरे । पहिलो हाफमा दुवै टोलीले बल पोसेसनमा ध्यान दिँदा आक्रमणमा भने पिएसजी बढी मुभ बनाउन सफल रहेको छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.