default_image

3 years ago

April 29, 2021

बार्सिलोनालाई शीर्षस्थानमा उक्लने अवसर

एजेन्सी – स्पेनिस ला लिगामा आज राति दुई खेलमा प्रतिस्पर्धा हुदा क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा ग्रानडाको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार क्याम्प नोउमा राति १०ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा बार्सिलोना ग्रानडालाई हराउँदै शीर्षस्थानमा उक्लने लक्ष्यमा मैदानमा उत्रनेछ । ग्रानडालाई हराउन सके तेस्रो स्थानमा रहेको बार्सिलोनाले शीर्षस्थानको एट्लेटिको म्याड्रिडलाई १ अंकले […]

98 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा आज राति दुई खेलमा प्रतिस्पर्धा हुदा क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा ग्रानडाको आतिथ्यता गर्दैछ ।

खेल नेपाली समयअनुसार क्याम्प नोउमा राति १०ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा बार्सिलोना ग्रानडालाई हराउँदै शीर्षस्थानमा उक्लने लक्ष्यमा मैदानमा उत्रनेछ ।

ग्रानडालाई हराउन सके तेस्रो स्थानमा रहेको बार्सिलोनाले शीर्षस्थानको एट्लेटिको म्याड्रिडलाई १ अंकले तथा दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई ३ अंकले पछि पार्नेछ । बराबरीमा रोकिएको अवस्थामा बार्सिलोना दोस्रो स्थानमा उक्लदा एट्लेटिकोसँग १ अंकले पछि पर्दा रियललाई १ अंकले पछि पार्नेछ ।

यस्तो अवस्थामा बार्सिलोना निश्चित जितको लक्ष्यसहित मैदान उत्रनेछ । टोलीसँग लयमा रहेका कप्तान तथा फरवार्ड लियोनेल मेस्सी, एन्टोइन ग्रिजमन, जोर्डी अल्वा, पेड्री, सर्जियो बुस्क्वेट्स, फ्रान्की डि जोङ, सर्जिनो डेस्ट, क्लेमेन्ट लेङ्लेट, जेरार्ड पिके, ओस्कार मिनगुएजा र गोलरक्षक मार्क आन्दर टेर स्टेगन रहेका छन् ।

यस्तै टोलीसँग औसमाने डेम्वेले, सर्जी रोबर्टाे, इलिएक्स मोरिवा र रोनाल्ड एराउजो पनि टोलीमा रहेका छन् । रियल म्याड्रिडसँग २–१ ले पराजित भएयता बार्सिलोनाले लगातार तीन खेलमा जित निकालेको छ । बार्सिलोना सोही लयलाई कायम राख्न चहान्छ ।

यता, ग्रानडा पनि बार्सिलोनालाई उसकै मैदानमा स्तब्ध पार्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । ग्रानडा ४२ अंक जोडेर आठौं स्थानमा रहेको छ । डार्विन माचिस, जर्ग मोलिना, लुइस स्वारेज, यान इटेकी, म्याक्सिमी गोनालन्स, याङ्जेल हेरेरा, नेहुइन पेरेज, जर्मन सान्चेज, भिक्टर डियाज र गोलरक्षक आरोन रहेका छन् ।

यि दुई टोलीको पछिल्लो १६ भेटमा बार्सिलोना १४ खेलमा विजयी भएको छ । २ खेल ग्रानडाले आफ्नो पक्षमा पारेको छ । यि दुई टोलीले पछिल्लोपटक कोपा डेल रेको क्वाटरफाइनलमा प्रतिस्पर्धा गरेका थिए । जसमा बार्सिलोनाले पछि परेको अवस्थामा अतिरिक्त समयमा ५–३ को जित निकालेको थियो ।

ला लिगाकै अर्काे खेलमा आज राति १२ः४५ बजे सेल्टा डि भिगो र लेभान्टेबीच प्रतिस्पर्धा हुनेछ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.