default_image

3 years ago

April 29, 2021

नेपालले इराकसँग मैत्रीपूर्ण खेल्ने पक्का

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय पुरुष फुटबल टोलीले अर्को महिना इराकसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको जनाएको छ । एन्फाका अनुसार नेपाल र इराकबीचको खेल बसराह रंगशालामा जेठ १५ गते (२९ मे मा) हुनेछ । यसअघि एन्फाले इराक फुटबल संघसँग मौखिक […]

46 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय पुरुष फुटबल टोलीले अर्को महिना इराकसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको जनाएको छ । एन्फाका अनुसार नेपाल र इराकबीचको खेल बसराह रंगशालामा जेठ १५ गते (२९ मे मा) हुनेछ ।

यसअघि एन्फाले इराक फुटबल संघसँग मौखिक चर्चा भएपनि लिखित रुपमा प्रस्ताव आइनसकेको बताएको थियो । कतार विश्वकप २०२२ छनोटका बाँकी खेलको तयारीका क्रममा इराकले नेपालसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले पनि विश्वकप छनोटमा तीन खेल खेल्न बाँकी छ । विश्वकप छनोटमा बहराइनसँग खेल्नुअघि इराकले ताजिकिस्तान र नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने उल्लेख गरेको छ ।

नेपालसँगको मैत्रीपूर्ण खेलपछि इराकी टोली विश्वकप छनोटको खेलका लागि बहराइन भ्रमणमा निस्कने छ । विश्वकप छनोटको समुह ‘सी’ मा रहेको इराक फिफा बरियतामा ६८औँ स्थानमा रहेको छ । समुह ‘बी’ मा रहेको नेपाल फिफाको वरियतामा १७१औँ स्थानमा छ । नेपालले आफ्नो विश्वकप छनो्टका खेल अन्तर्गत अष्ट्रेलिया,जोर्डन र चाइनिज ताइपेईविरुद्ध खेल्न बाँकी छ ।

गत चैतमा दशरथ रंगशालामा हुने भनिएपनि पछि कोरोनाको कारण देखाउँदै एएफसीले विश्व कप छनोटको नेपाल रहेको समूहको खेल कुवेतमा गर्ने तय गरेको थियो । नेपाल र इराकले हालसम्म तीनपटक खेलेका छन् । पछिल्लोपटक नेपालले २००१ अप्रिलमा विश्वकप छनोटमा खेल्दा नेपाल ४–२ ले पराजित भएको थियो ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.