default_image

3 years ago

April 30, 2021

बार्सिलोना घरेलु मैदानमा ग्रानडासँग स्तब्ध

एजेन्सी – उपाधि होडमा रहेको क्याटलान क्लब बार्सिलोना घरेलु मैदानमा ग्रानडासँग स्तब्ध बनेको छ । घरेलु मैदानमा सुरुवाती अग्रता लिएरपनि बार्सिलोना ग्रानडासाग २–१ ले स्तब्ध बनेको हो । ग्रानडाका डार्विन माचिस र जर्ग मोलिनाले गोल गर्दा बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले गरेको गोल सान्त्वना बन्यो । नोउ क्याम्पमा बिहीबार राति भएको खेलमा घरेलु टोली बार्सिलोनाले खेलको […]

74 views

0 Bookmark

एजेन्सी – उपाधि होडमा रहेको क्याटलान क्लब बार्सिलोना घरेलु मैदानमा ग्रानडासँग स्तब्ध बनेको छ । घरेलु मैदानमा सुरुवाती अग्रता लिएरपनि बार्सिलोना ग्रानडासाग २–१ ले स्तब्ध बनेको हो ।

ग्रानडाका डार्विन माचिस र जर्ग मोलिनाले गोल गर्दा बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले गरेको गोल सान्त्वना बन्यो । नोउ क्याम्पमा बिहीबार राति भएको खेलमा घरेलु टोली बार्सिलोनाले खेलको २३औं मिनेटमा कप्तान मेस्सीको गोलबाट अग्रता लिएको थियो । उनले एन्टोइन ग्रिजमनको पासमा गोल गरेका थिए ।

३६औं मिनेटमा मेस्सीको प्रहारलाई गोलरक्षक आरोन इस्कान्डेलले बचाउँदा बार्सिलोना अग्रता दोब्बर पार्नबाट चुक्यो । ५०औ मिनेटमा रोबर्टाे सोल्डाडोको प्रहारलाई जेरार्ड पिकेले ब्लक गर्दै बराबरी टारे । ६३औं मिनेटमा डार्विन माचिसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

क्रसमा आएको बललाई ओस्कार मिनगुएजाले फुस्काएको बललाई नजिकै रहेका सर्जी रोबर्टाेले भेट्न नसकेको बललाई डार्विन माचिसले जाली चुमाउँदा मार्क आन्दर टेर स्टेगनले रोक्ने कुनै मौका नै पाएन । ६७औं मिनेटमा बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यान रातो कार्ड खाँदै टच लाइन छोड्न बाध्य बन्यो । ७९औं मिनेटमा सब्सिच्युट जर्ग मोलिनाले गोल गर्दै ग्रानडालाई २–१ को अग्रता दिलाए ।

६१औं मिनेटमा रोबर्टाे सोल्डाडोको स्थानमा मैदान छिरेका मोलिनाले एड्रिएन मारिनको पासमा हेडरमार्फत सुन्दर गोल गर्न सफल भएका थिए ।त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना घरेलु मैदानमा स्तब्ध बन्न पुग्यो । खेलमा बार्सिलोनाले ८२ प्रतिशत बल पोसेसन राखेपनि ग्रानडाको रक्षापङ्ति तोड्न नसक्दा स्तब्ध बन्न पुग्यो ।

यो हारसँगै बार्सिलोनाले शीर्षस्थानमा उक्लने मौका गुमाउदा तेस्रो स्थानमा यथावत रहेको छ । बार्सिलोनाको ३३ खेलबाट ७१ अंक रहेको छ । शीर्षस्थानको एट्लेटिको म्याड्रिडको ७३ तथा दोस्रो स्थानमा रियल म्याड्रिडको ७१ अंक रहेपनिहेड टु हेडमा दोस्रो स्थानमा छ । बार्सिलोनालाई हराएको ग्रानडा ४५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.