default_image

3 years ago

April 30, 2021

ब्रुनो र काभनी चम्कदा म्यानचेस्टरको सानदार जित

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको सेमिफाइनलको पहिलो लेगमा इटालियन क्लब रोमामाथि सानदार जित निकालेको छ । युनाइटेडले रोमामाथि ६–२ को फराकिलो जित निकालेको हो । युनाइटेडको जितमा ब्रुनो फर्नान्डेस र इडिन्सन काभानीले समान दुई गोल गर्दा पल पोग्वा र मासन ग्रीनवुडले समान एक गोल गरे । रोमाका लोरेन्जो पेलिग्रिनी र इडेन जेकोले […]

43 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको सेमिफाइनलको पहिलो लेगमा इटालियन क्लब रोमामाथि सानदार जित निकालेको छ ।

युनाइटेडले रोमामाथि ६–२ को फराकिलो जित निकालेको हो । युनाइटेडको जितमा ब्रुनो फर्नान्डेस र इडिन्सन काभानीले समान दुई गोल गर्दा पल पोग्वा र मासन ग्रीनवुडले समान एक गोल गरे । रोमाका लोरेन्जो पेलिग्रिनी र इडेन जेकोले गोल फर्काए ।

ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलमा घरेलु टोली युनाइटेडले खेलको नवौं मिनेटमा ब्रुनो फर्नान्डेसको गोलबाट अग्रता लिएके थियो । उनले इडिन्सन काभानीको पासमा गोल गरेका थिए । १५औं मिनेटमा लोरेन्जो पेलिग्रिनीले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । रिक कार्सडोर्पको प्रहारलाई पेनाल्टी बक्समा पल पोग्वाले बलले हात छोएपछि रेफ्रीले रोमालाई पेनाल्टी प्रदान गर्दा लोरेन्जो चुकेनन् ।

३४औं मिनेटमा लोरेन्जो पेलिग्रिनीको पासमा इडेन जेकोले गोल गरेपछि रोमाले पहिलो हाफमा घरेलु टोलीविरुद्ध २–१ को अग्रता लिएको थियो । तर रोमाले दोस्रो हाफमा उक्त अग्रतालाई जोगाउन सकेन । पहिलो हाफमा पछि परेको युनाइटेडले दोस्रो हाफमा उच्च प्रदर्शन गर्दै ५ गोल गर्न सफल हुदा सानदार जित निकाल्न सफल भयो ।

४८औं मिनेटमा ब्रुनो फर्नान्डेसको पासमा काभानीले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ६४औं मिनेटमा काभानीले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई ३–२ ले अघि बढाए । ७१औं मिनेटमा ब्रुनोले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई फराकिलो जिततर्फ अघि बढाए ।

७५औं मिनेटमा ब्रुनोको पासमा पल पोग्वाले गोल गरेपछि युनाइटेड खेलमा ५–२ ले अघि बढ्यो । ८६औं मिनेटमा मासन ग्रीनवुडले काभानीको पासमा गोल गर्दै युनाइेटलाई ६–२ को सानदार जित दिलाए । दोस्रो लेगको खेल रोमाको मैदानमा ७ मेमा हुनेछ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.